स्थानीयद्वारा कलंकीदेखि कालीमाटी जाने बाटो अवरूद्ध

काठमाडौंको कलंकी चोकदेखि कालीमाटीतर्फ जाने बाटो स्थानीयले अवरूद्ध गरेका छन्।

लामो समयदेखि सडक निर्माणको काममा ढिलासुस्ती हुँदा स्थानीय धूलो, धुँवाको शिकार हुनुपरेको छ।प्रदुषणले स्वास्थ्यमाथि नकारात्मक असर गरेको भन्दै स्थानीयले सडक अवरूद्ध गरेका हुन्।

ट्राफिक प्रहरी कार्यालय कलंकीका अनुसार अहिले पीडित पक्ष र सम्बन्धित निकायबीच छलफल चलिरहेको छ।

यसअघि पनि स्थानीयले काठमाडौं महानगरसँग सम्झौता गरी धूलो, धूँवा नियन्त्रणको सहमति भएको थियो। तर, त्यसको पालना नभएको भन्दै उनीहरूले आक्रोश पोखे।

आन्दोलित स्थानीयले तत्काल सडक पिच गर्नुपर्ने, धूलो नियन्त्रण गर्नुपर्नेलगायतका माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!