३३ किलो सुनकाण्ड : सिलवाल र खेतान धरौटीमा रिहा

मोरङ । ३३ किलो सुनकाण्ड र मोरङ उर्लाबारीका सनम साक्य हत्याकाण्डका अभियुक्तहरु मदन सिलवाल र सञ्जय खेतान नामले चिनिने प्रभात अग्रवाल धरौटीमा रिहा भएका छन् ।

बिहीबार उच्च अदालत विराटनगरका न्यायाधीश साधुराम सापकोटा र उमेशकुमार सिंहको इजलासले उनीहरु दवै जनालाई पाँच–पाँच लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

रिहा भएका अग्रवालमाथि सुन तस्करी प्रकरणका नाइके चुणामणि उप्रेती गोरेलाई सुन आयात गर्न सरयोग आरोप लागेको थियो । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!