कभर गीत प्रतियोगिता: विजेतालाई २०,००० रुपैयाँबराबरको आश्चर्य उपहार

पहिलो र दोस्रो साताको प्रतियोगिता समाप्तिसँगै नेपाल आइडलको तेस्रो साताको प्रतियोगिता प्रारम्भ भएको छ ।

साप्ताहिक कभर गीत प्रतियोगिता ।

नेपाल आइडलद्वारा आयोजित साप्ताहिक प्रतियोगितामा आफ्नो संगीत करिअरलाई सँगसँगै लैजानुहोस् ।

हरेक शुक्रबारदेखि प्रतिस्पर्धा सुरु गरिनेछ, जुन एक साताका लागि चल्नेछ । भिडिओ सब्मिसनको अन्तिम म्याद अर्को साताको बुधबारसम्म हुनेछ ।

सहभागीद्वारा छनोट हुने गीत यो साताको इपिसोड (अर्थात् बिहीबार र शुक्रबारदेखि) हुनुपर्छ ।

तेस्रो साताको लागि छनोट गरिने गित 𝐄𝐩𝐢𝐬𝐨𝐝𝐞 𝟐𝟕 𝐚𝐧𝐝 𝟐𝟖 बाट हुनुपर्दछ ।

संगीत वा कुनै संगीत साधनको साथ गीत गाउन अनिवार्य छैन।
तपाईं केवल आफ्नो भिडियो उपयुक्त गुणस्तरको पठाउन सक्नुहुनेछ।
प्रतिस्पर्धा तपाईंको गायन प्रतिभाको हो, तेसैले हामी तपाइँको आवाजलाई प्राथमिकता दिनेछौं।

विजेतालाई २०,००० रुपैयाँबराबरको आश्चर्य उपहार, चारवटा चलचित्रको टिकट र दुईवटा चन्द्रागिरि हिल केबलकारको टिकट मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!