फेसबुकमा धेरै समय बिताउनेहरुका लागि यस्तो दुखद रिपोर्ट सार्वजनिक

फेसबुक अहिलेको समयमा मानिसहरुलाई नभई नहुने साधन भैसेको छ । मानिसहरु फेसबुक बिना आफ्नो दिन कटाउन निकै गाह्रो मान्ने गर्छन । अहिलेसम्म फेसबुकका प्रयोगकर्ताहरु २ अर्ब नागिसकेका छन् । त्यसैले यसको कम्पिटिसनमा कुनै पनि सामाजिक सन्जाल आउन सकेको छैन, प्राय जसो मानिसहरु फेसबुकमा निकै समय बिताउने गर्छन । यसरि फेसबुकमा धेरै समय बिताउने व्यक्तिहरुको बारेमा एउटा आश्चर्यचकित रिपोर्ट सार्वजनिक भएको छ ।

हेलियोंन म्यागेजिनमा प्रकाशित रिपोर्ट अनुसार धेरै समय फेसबुकमा समय बिताउने व्यक्तिहरु भौतिकवादी हुन्छन । उनीहरु फेसबुकलाई आफ्नो लक्ष्य प्राप्ति र खुशी प्राप्तिको लागी प्रयोग गरिरहेका हुन्छन । यस्ता व्यक्तिहरुको साथिपनि धेरै हुन्छन र तिनिहरुलाई समय दिन भए पनि यिनीहरु फेसबुकमा निकै बेर भुलेर बस्ने गर्छन । यस्ता व्यक्तिहरु आफ्ना साथीहरुलाई प्रयोग गरेर आफ्नो व्यावसायिक उपलब्धि प्राप्त गर्ने ध्याउन्नमा हुन्छन । यस्ता व्यक्तिहरु भौतिकबादी भएका कारण उनीहरु जति धेरै साथी भयो उतिनै धेरै आफ्नो जीवनमा उन्नति हुन्छ भन्ने सोच्छन, र साथीहरुलाई नै प्रयोग गरेर अगाडी बढ्न खोज्छन ।त्यसैले यस्ता व्यक्तिहरु फेसबुकमा प्राय जसो आफ्नो व्यावसायिक फोटोहरु शेयर गरिरहेका हुन्छन ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!