पल्सर बाईकलाई टक्कर दिन सुजुकिको जीक्सर बाइक नेपाली बजारमा आयो

नेपालको लागि सुजुकी दुई पाँग्रे सवारी साधनको आधिकारिक वितरक भिजि अटोमोबाइल्स प्रालिले २०७५ मा आफ्नो नयाँ बाइक जीक्सर एसपी एबीएसलाई नेपाली बजारमा सार्वजनिक गराएको छ ।

धेरैले रुचाएको र युवाको ढुकढुकीको रोजाईमा रहेको सुजुकी जीक्सर बाइक नेपालमा अध्याधिक बिक्री हुने बाइकमा पर्दछ । साथै कम्पनीले यसमा अझै थप सुरक्षाको प्रविधि एबीएस थप गरी नेपाली बजारमा भित्राएको छ ।

पुरानो जीक्सरको तुलनामा यसको लुक्समा कुनै परिवर्तन गरिएको छैन । कम्पनीले जीक्सरलाई नयाँ थप कलर भेरिएन्टमा भने सार्वजनीक गरेको छ । नयाँ एसपी एडिसनमा ब्लाक गोल्ड डिजाईनको साथमा आएको नयाँ जीक्सर एसपी एबीएसमा नयाँ डबल डिस्क ब्रेक दिईएको छ ।

सिंगल च्यानल एबीएसमा भेरिएन्टको मुल्य नेपाली रुपैया २ लाख ९९ हजार ९०० रुपैया रहेको छ । १५४.९ सीसी सिंगल सिलिण्डर इन्जिनमा उपलब्ध रहेको छ, जस्ले १४.८ पिएस पावर र १४ एनएम टर्क जेनेरेट गर्छ । सबै मोडलमा ५ स्पिड म्यानुयल गेरबक्स दिइएको छ ।

यो नयाँ बाइक सुजुकीको देशभरमा रहेको सबै ७८ वटा शोरुमहरुमा यही २०७५ कार्तिक १८ गते देखि उपलब्ध गराइएको छ । यसका साथै कम्पनीले सुजुकी दुई पांग्रे सवारी साधनमा ५ वर्षको वारेन्टी पनि प्रदान गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!