सुदुरपश्चिम प्रदेशमा इन्धन अभाव

कैलाली । सुदुरपश्चिम प्रदेशका केही जिल्लामा पेट्रोलियम पदार्थको हाहाकार देखिएको छ । घण्टौसम्म लाइन बस्दा पनि उपभोक्तालाई पेट्रोल पाउन मुस्किल पर्छ । पेट्रोलियम पदार्थको माग अनुसार भण्डारण क्षमता नहुनु मुख्य कारण रहेको बताइएको छ ।

सुदुरपश्चिम प्रदेश आयल निगमसँग पेट्रोलियम पदार्थ भण्डारण गर्ने क्षमता कम छ । इन्धन ढुवानीमा समेत समस्या भएपछि उपभोक्ता इन्धन अभावको मारमा छन् ।

निगमको क्षेत्रीय डिपो धनगढीमा पेट्रोल भण्डारण क्षमता ७० हजार लिटर मात्रै छ । तर प्रदेशमा दैनिक एक लाख लिटर पेट्रोलियम पदार्थ खपत हुने गरेको छ । माग अनुसार सुदूरपश्चिम प्रदेशमा नियमित सञ्चालनमा रहेका ६० वटा ट्यांकरले पूर्ति गर्न सकेका छैनन् । २५ बिघा क्षेत्रफलभित्र डिपो विस्तार गरेर हालको कार्यालयलाई बिक्री केन्द्रको रूपमा प्रयोग गर्ने योजना अन्तर्गत काम भइरहेको निगमको दावी छ । सम्बन्धित निकायसँग पहल गरिए पनि कुनै ठोस कदम चाल्न नसक्दा इन्धन अभाव भएको निगम स्वीकार गर्छ ।

नेपालभन्दा भारतमा महँगो डिजल र पेट्रोलका भएका कारण सिमावर्ती बजारबाट यसको कालोबजारी समेत हुने गरेको छ । त्योसँगै चार्डपर्वको समयमा तेल स्टक राख्ने प्रचलनले पनि कृत्रिम अभाव सृजना भएको हो । आयल निगमले बेलाबेलामा पेट्रोलियम पदार्थ उपलब्ध गराउँदा पनि व्यवसायीबाटै कृत्रिम अभाव हुनेगरेको कतिपयको भनाइ छ । निगमले माग गरे अनुसारको ट्यांकर र भण्डारण क्षमता बढाउन नसक्दा तेलको कालोबजारी मौलाउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!