‘बोल माया’ पछि प्रकाश सपूतको अर्को मार्मिक गीत ‘आउँछु फर्केर’ सार्वजनिक

काठमाडौँ – जीवन थापा मगरको पहिलो प्रयासमा ‘आउछु म फर्केर’ बोलको मार्मिक लोक आधुनिक गीत सार्वजनिक गरिएको छ ।थापाको आफ्नै शब्द र आवाजमा रहेको गीतमा संगीत बिपन थापा मगरको रहेको छ भने एरेन्ज बिशाल निरौलाले भरेका छन्।

गायक थापा चर्चित गायिका मुना थापाको आफ्नै कान्छा भाइ समेत हुन्।‘बोल माया’ गीतका गायक तथा मोडल प्रकाश सपूतको निर्देशनमा बनेको भिडियोमा उनै सपूत र रियाषा दाहालको अभिनय देख्न सकिनेछ ।

भिडियोलाई करण चैसिरले खिचेका हुन् भने सम्पादन मनोज कार्की गरेका छन्।
भिडियोमा गरिब भएर हेपिनुको पिडाका साथै बिदेशिनु परेको बाध्यतालाई उजागर गरिएको छ ।
भिडियो गायिका मुना थापाको युट्युव च्यानलबाट अपलोड गरिएको छ।
भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!