यसरी कर्मचारीलाई मतदान केन्द्र तर्फ खटाईयो

मंसिर ६, २०७४-  पहिलो चरणको निर्वाचनका लागि कर्मचारी मतदान केन्द्र खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन सामाग्री सहित कर्मचारीलाई मतदान केन्द्र तर्फ खटाएको हो । कार्यालयले दुर्गम क्षेत्रका मतदान केन्द्रका लागि गत सोमबार देखि कर्मचारी खटाएको छ ।

मंगलवार सम्म १ सय बढी मतदान केन्द्रका लागि कर्मचारी खटिसकेको मुख्य निर्वाचन अधिकृत देव कुमार गिरीले बताउनुभयो । २/३ घण्टा दुरीका मतदान केन्द्र बाहेकमा निर्वाचन कर्मचारी खटाई सकेको गिरीले बताउनुभयो । निर्वाचन कार्य योजना अनुसार विहीबारसम्म सबै मतदान केन्द्रमा कर्मचारी पुगि सक्ने उहाँको भनाई थियो । जिल्लामा ८५ मतदान स्थल र १ सय १६ मतदान केन्द्र रहेको तथा निर्वाचनका लागि १ हजार कर्मचारी खटिएको उहाँले जानकारी दिनुभयो ।

जाजरकोटमा ७२ मतदान स्थल अति सम्देवशील मानिएको प्रमुख जिल्ला अधिकारी पुष्प राज शाहीले बताउनुभयो । सुरक्षा चुनौतीको हिसाबले सम्वेदनशील जिल्ला मानिए पनि सुरक्षाको उचित ब्यवस्थापन मिलाईएको प्रजिअ शाहीले बताउनुभयो । शान्तिपूर्ण चुनाव हुनेमा कुनै पनि सन्देह नभएको उहाँको भनाई थियो । निर्वाचनमा खटिएका कर्मचारी र उम्मेदवारका साथै मतदातालाई मतदान केन्द्रसम्म जान आउनका लागि आवश्यक सुरक्षा ब्यवस्था मिलाएको उहाँले बताउनुभयो ।  Radio kantipur

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!