हेर्नुस, उत्तर कोरियाका महिला सेनाको कठिन जीवनशैली

एजेन्सी । उत्तर कोरियामा १० वर्षदेखि सेनाका रुपमा काम गरेकी एक महिलाले त्यहाँको जीवनशैली बारे नयाँ खुलासा गरेकी छन् । ली सो योआन नामकी ती महिला अहिले भने दक्षिण कोरियामा बस्छिन् । उनी त्यहाँबाट दुईपटकको कोशिशमा भाग्न सफल भएर दक्षिण पुगेकी थिइन् । उत्तर कोरियामा सेनाका रुपमा रहँदाका भयानक दिनहरुलाई सम्झिदै उनले त्यहाँका अधिकांश महिला सेनामा कूपोषण रहेको बताइन् ।

उनका अनुसार त्यहाँ तैनाथ गरिएका सबै महिला सेनाहरुमा बलात्कारको घटना समान्य भइसकेको छ । महिलाहरु दैनिक यौन शोषणको शिकार हुन्छन् र अस्वस्थ जीवनशैलीका कारणले उनीहरुको महिनावारी पनि कम उमेरमै रोकिने गरेको उनले बताएकी हुन् । त्यहाँका दर्दनाक दिनहरुबारे बताउँदै उनले आफू लगायत अन्य दुई दर्जन महिलाहरु एउटै कोठामा बस्ने र सुकुलको ओक्ष्यानमा सुत्ने गरेको बताइन् । सरसफाईको राम्रो व्यवस्था नभएकाले उनीहरु बस्ने गनाउने कोठामै सुत्न बाध्य हुने गरेका छन् । उनले भनिन् , ‘हामीले काम गर्नुपर्ने स्थान अत्याधिक चिसो थियो तरपनि पहाडमा गएर झरनाबाट आएको चिसो पानीले नुहाउनु पथ्र्यो । महिलाहरुका लागि शौचालयको समेत व्यवस्था नभएकाले पुरुषकै अगाडि खुल्लामा शौच गर्नु पर्थ्यो ।’

महिलाहरुलाई स्यानिटरी प्याडको व्यवस्था नहुँदा सबैले कपडा प्रयोग गर्ने र अन्य पुरुषसँग लुकाइ धोएर पुन प्रयोग गर्ने गरेको उनले खुलासा गरेकी हुन् । जम्मा २० वर्षीया महिलाहरुको पनि कडा ट्रेनिङका कारणले महिनावारी रोकिने गरेको उनी बताउँछिन् । उनीहरुको कठिनाई यहीँ समाप्त हुँदैनथ्यो किनकी उनीहरु दैनिक यौन शोषणको शिकार बन्ने गर्थे । महिलाहरुको कुरा सुन्ने कोही नभएकाले उनीहरुले यसबारे ठूला अफिसरसँग गुनासो गर्न नसकेको लीले बताएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!