रोचक : डुल्दै–बिहे गर्दै हिँड्ने अनौठो मुसो जाति !

हाम्रो छिमेकी देश चीनमा एक यस्तो जातिको बसोबास छ, जो एकै ठाउँमा रहेर बिहेपछि घरजम गरेर बस्दैन । उनीहरू डुलुवा बिहे गर्दै हिँड्छन् ।

त्यस्तो बिहे गर्ने जातिलाई त्यहाँ ‘मुसो’ जाति भनिन्छ । उनीहरूको देशमा उनीहरूले गर्ने बिहेलाई ‘वाकिङ म्यारजि’ भन्ने गरिन्छ ।

उनीहरूले गर्ने डुलुवा बिहेमा बिहेपछि सजिलै छुट्टिन र बस्न पाइन्छ । यो अधिकार दुवैका लागि स्वतन्त्र हुन्छ । यद्यपि, यस्तो मामिलामा नारी अधिकारसम्पन्न हुन्छन् ।

त्यहाँ पहिला महिलाले पुरुष हेरेर मात्रै बिहेको कुरा टुंगो लगाउँछन् । उनीहरूलाई मन नपरेको व्यक्तिसँग महिलाले बिहे गर्दैनन् । त्यहाँ ठ्याक्कै हामीकहाँ भएको भन्दा उल्टो हुन्छ ।

त्यत्ति मात्रै हैन, उक्त समुदामा महिलालाई एक वा सोभन्दा बढी पति राख्ने वा बिहे गर्ने अधिकार पनि हुन्छ । उक्त समुदायमा १३ वर्ष पुगेपछि किशोरीले जोसँग पनि बिहे गर्न र प्रेम गर्न छुट छ ।

यो समुदायका पुरुष ज्यादै कम मात्रै पहिलासँग बस्छन् । उनीहरू प्रायः सिकार गर्न हिँड्छन् । उनीहरूको भेट महिलासँग बेलुका सुत्ने बेलामा मात्रै हुन्छ ।

यो समुदायमा छोरी १३ वर्ष पुगेपछि अलग्गै बस्ने र सुत्ने कोठा दिइन्छ । त्यस्ता किशोरीले चाहे कोठामा आफूलाई मन परेको पुरुष ल्याएर बस्न वा रात बिताउन पाउँछन् । यो समुदायमा कतिपय महिलाले बच्चा जन्माए खासमा त्यो बच्चाको बाबु को थियो भन्ने पनि थाहा हुँदैन ।

किनभने, उक्त समुदायका महिला जहिले पनि र जहाँ पनि पराइ पुरुषसँग बस्न, सम्बन्ध राख्न वा रात बिताउन सक्छन् ।

यस्तो अचम्मको मुसो जाति चीनको सिचुआन र युनान प्रान्तको सीमा क्षेत्रमा पर्ने लुगु ताल किनारामा बस्दै आएको छ । उनीहरूको जनसंख्या करिब ४० हजार रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!