नेपालकी प्रथम नायिकाको चलचित्र ‘साइनो’मा मिरुना नायिका

काठमाडाैं । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र साइनो बन्ने घोषणा गरिएको छ । हुन त अभिनेता भुवन केसी र अभिनेत्री तृप्ती नाडकरको प्रमुख भूमिकामा चलचित्र ‘साइनो’ बनिसकेको छ । अव पुनः यहि नाममा नेपालकी प्रथम नायिका भुवन चन्द थापाले चलचित्र निर्माण गर्ने भएकी छिन् ।

रमेश थापाले निर्देशन गर्ने यस चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित रहनेछ । सोमवारबाट छायांकनमा जाने यस चलचित्र ‘साइनो’मा अभिनेत्री नीता ढुंगाना, ‘रोज’ अभिनेत्री मिरुना मगर तथा नवनायक राजकुमारको मुख्य भुमिका रहने छ । थप भिडियोमा हेर्नुहोस ( भिडियो )

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!