साम्राज्ञी बनिन नेपाली सिने इतिहाँसकै महँगो पारिश्रमिक लिने नायिका

काठमाडौँ- साम्राज्ञी राज्यलक्ष्मी शाहले पुनम क्षत्री गौतमको नयाँ फिल्ममा १६ लाख रुपैयाँ लिएकी छन् नवल नेपालले निर्देशन गर्ने उक्त फिल्ममा साम्राज्ञी औपचारिक रुपमा अनुबन्ध भएकी हुन् । यसअगाडि नेपाली फिल्मवृत्तमा कुनै हिरोइनले यति महँगो पारिश्रमिक लिएका थिएनन् ।

शाहअभिनीत पछिल्लो फिल्म इन्टु मिन्टु लन्डनमा हिट भयो तर जस अभिनेता धीरज मगरले पाए । हलमा धीरजकै क्रेज हाबी देखियो । मिडियामा पनि धीरजले नै तारिफ बटुले ।

इन्टु मिन्टु लन्डनमा अगाडि साम्राज्ञी अभिनीत कायरा र तिमीसँगले बक्स अफिसमा खराब प्रदर्शन गरेका थिए । यसरी हेर्दा उनको व्यावसायिक ‘ट्रयाक रेकर्ड’ सुखद छैन । तर उनी नै महंगाी नायिकाको रुपमा अगाडी आएकी छन् ।उनलाई महँगो पारिश्रमिकमा फिल्म खेलाउन निर्माताबीच तँछाडमछाड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!