नारीले यौनको आवश्यकता धेरै कुराबाट फुलफिल गर्न सक्छे :दीपाश्री

काठमाडौं । कलाकार तथा चलचित्र निर्देशक दीपाश्री निरौलाले यौन आवश्यकता पूरा गर्न कुनै पुरुष नै हुनुपर्छ भन्ने जरुरी नभएको बताएकी छन् ।पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा दीपालाई प्रश्न सोधिन्छ, ‘शारीरिक सम्बन्ध आवश्यक हो भने भनिदिनुस तपाईको भएको छ कि छैन ?’ जवाफमा दीपाले भन्छिन्, ‘शारीरिक सम्बन्ध राख्न व्यक्ति नै चाहिँदैन । यसको धेरैवटा पाटो छ । विवाह गरेपछि मात्रै शारीरिक सम्बन्ध हुने होइन । नारीले यौनको आवश्यकता धेरै कुराबाट फुलफिल गर्न सक्छे ।’

के दीपाश्री निरौला ‘सेक्स टोय’ प्रयोग गर्छिन् ? 

यौन चाहना आखिर उनले कसरी पूरा गर्छिन् त ? यो विषयमा पत्रकार धमला जान चाहेनन् । उनले शारीरिक आवश्यकता हो भने तपाईले पूरा गर्नु भएको छ ? भन्ने विषयमा केन्द्रीत हुँदै प्रश्न गरिरहे । दीपाले पनि भन्दै गइन्, ‘धेरै वटा साधनहरु उपलब्ध छन् । जसबाट नारीले त्यो खुसी प्राप्त गर्न सक्छे । त्यो खुसी मैले पाइरहेकी छु । म सन्तुष्ट छु । यौन कुण्ठा मेटाउने धेरै साधनहरु छन् ।’

यति भनेपछि धमलाले प्रश्न गर्छन्, तपाईले यौन कुण्ठा मेटाउनु भएको छ ?’ दीपाले भन्छिन्, ‘अँ’ । नेपाल आजबाट

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!