राति होटलमा ज्योति मगरमाथि कार्यक्रम आयोजकको दुर्व्यवहार

काठमाडौँ, गायिका ज्योति मगर मंगलबार एक सांस्कृतिक कार्यक्रमको लागि चितवन पुगेकी थिइन् । गायिका मगरले सोहि कार्यक्रमको आयोजकले उनि माथि दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । आयोजकले खाना खाने बहानामा चितवनकै एक होटलमा लगि उनलाई दुर्व्यवहार गरेको उनको भनाई छ।

कार्यक्रमका आयोजकहरु मध्ये एक आयोजकले उनलाई तपाई सेलिब्रिटी जस्तो मान्छे खुला ठाउँमा होइन सेक्रेट ठाउँमा खाना खानुस् कोठाको व्यवस्था छ भन्दा ज्योतिले आफ्नै कोठामा खाना आउँछ भन्दै जान मानेकी थिइनन्।

त्यसपछि ति व्यक्तिले ज्योति बसेकै कोठामा रक्सि मगाई एकैछिन् गफ गरि निस्किन्छु भन्दै रातको ११ बजेसम्म निस्किन नमाने पश्चात ज्योतिले असुरक्षित महशुस गर्दै होटल स्टाफसंग गुहार मागेकी थिइन् । उनले यस कुरा पत्रकार रामजी ज्ञवालीलाई टेलिफोन मार्फत जानकारी गराएकी हुन् ।

उनले आफ्नो संगैको कोठाको बहिनीलाई बोलाए पश्चात आयोजक आफ्नो असली रुपमा आएका थिए । ति बहिनीलाई बोलाएको भन्दै आयोजकले जथाभावी मुख छोडी कार्यक्रम आफ्नो भएको, पैसा आफ्नो परेको र उक्त कोठाको भाडा पनि आफुले तिरेको हुँदा अरुलाई किन बोलाएको भनि धम्काए पछि ज्योतिले त्यस व्यक्तिलाई प्रहरी सामु जिम्मा लगाइन् । जथाभावी शब्द बोल्ने, गालि गलौच त्यस व्यक्तिको नराम्रो नियत भएको ज्योतिले बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!