जोर्नी, हातगोडा दुख्ने जस्ता समस्याबाट छुटकारा दिलाउने यो जुस, थाहा पाइराखौँ

उमेर ढल्किँदै गएपछि सामान्यतय मानिसहरुमा देखा पर्ने आम समस्या भनेको जोर्नीहरू दुख्ने, हातगोडा, वा ढाड दुख्ने जस्ता हुन्। कतिपयले उमेरका साथसाथ यस्ता समस्या देखिनु सामान्य भन्ने सोंच्छन् र उपचारमा पनि खासै ध्यान दिंदैन। तर जब शरीर दुख्छ तब एकदम पींडा र कष्ठकर हुन्छ। विशेषगरी बुढेसकालमा शरीर कमजोर हुनुका साथै यस्ता समस्याहरुले पिरोल्ने गर्छन्। यस्तो अवस्थामा खानपानमा विशेष ध्यान दिनुका साथै शरीरलाई धेरै आराम दिनुपर्ने हुन्छ।

आज हामी हातगोडा दुख्ने, जोर्नी दुख्ने, ढाड दुख्ने र नसा वा जोर्नीहरु दुख्ने जस्ता समस्याबाट सजिलै छुटकारा पाउने घरेलु औषधी वा सामाग्रीहरु बताउन गइरहेका छौँ, जसले यी सम्पूर्ण बिमारीबाट केहि दिनमै छुटकारा पाउन सकिन्छ। यदि कोहि १ हप्ता भन्दा बढी दिन देखि हातगोडा, जोर्नी दुख्ने समस्याबाट ग्रसित हुनु हुन्छ भने तुरुन्त अस्पतालमा गएर उपचार गर्नु पर्छ किनकी यस्तो अवस्थामा गम्भीर रोग पनि हुन सक्छ । त्यस्तै भिटामिन, ब्रोमेलिन र म्यागनेसियम जस्ता तत्वले भरिपूर्ण खाना खानु जरुरी छ । हेर्नुहोस् घरेलु उपचार जसले यी समस्यालाई निर्मुल पारेर तुन्तुरुस्ट र बलियो बनाउँछ ।

१. जोर्नी, हातगोडा वा ढाड दुख्ने समस्यालाई निर्मुल पार्न दालचिनी(Cinnamon), भुइँकटर र सुन्तलाको (smoothie)जुस एकदम प्रभावकारी हुन्छ । यो जुसमा एन्टी-इन्फ्लेमेटोरी प्रोपर्टीज्, सिलिकोंन, ब्रोमेलिन, भिटामिन सी र म्यागनेसियम हुन्छ। भुइँकटहरमा भिटामिन सी हुन्छ, जसले शरीरको हड्डीहरु बलियो बनाउँछ। त्यस्तै भुइँकटहरमा भारी मात्रामा ब्रोमेलिन हुन्छ, यो एन्टी-इन्फ्लेमेटोरी प्रोपर्टी हो । त्यसैगरी दालचिनीले शरीरमा रगत प्रवाह गर्न सहयोग गर्छ । सुन्तलाको जुसमा भिटामिन सी हुन्छ जसले हड्डी र मासु जोड्ने तन्तुलाई बलियो बनाउँछ।

यो जुस बनाउन चाहिने सामग्री: दुई सानो कप काटेको भुइँकटर, एक कप ओट्स, दुई कप पानी, एक गिलास सुन्तलाको जुस, एउटा दालचिनीको स्टिक र मह ।

बनाउने विधि:

एउटा भाँडामा पानी संगै ओट मिल हाल्ने र केहि मिनेटको लागि पकाउने । ओटमिल राम्ररी पाकेपछी चिसो हुन दिने । त्यसपछि ब्लेन्डर (Blender)मा सुन्तलाको जुस, ओट्स, दालचिनी, भुइँकटर र मह राखेर पिस्ने । यसरी यी सामाग्रीहरु मिसाएर बनाएको जुस पिउनले यस्ता हड्डी, हातगोडा, जोर्नी दुख्ने जस्ता समस्याबाट केहि दिनमै छुटकारा पाउन सकिछ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!