अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपाल प्रहरी विजयी

काठमाडौँ । प्रधानसेनापति कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाल प्रहरी क्लब विजयी भएको छ। नेपाली सेनाद्वारा आयोजित उक्त प्रतियोतिगामा नेपाल प्रहरीले प्रदेश नं ६ लाई ९–० को फराकिलो गोलअन्तरले पराजित गर्दै विजयी भएको हो।

जीतसँगै पुलिस प्रतियोगिताको क्वार्टरफाइनल पुगेको छ। पुलिसको जितमा निरु थापा एक्लैले चार गोल गरिन्। उनले खेलको पाँचौँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलिन्। स्तै उनले खेलको ४७ र ७८औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन् भने खेलको दोस्रो हाफको अतिरिक्त समयमा पनि पुन एक गोल थपिन्।

त्यसैगरी खेलको ४९औँ मिनेटमा प्रदेश ६ की सिर्जना सिंहले आत्मघाती गोल गरिन् । प्रहरीकी अर्की खेलाडी सुवानी कुसवाहले खेलको ५३, निर्मला उपाध्यायले खेलको ५६, सिर्जना खड्काले खेलको ६० तथा रुपा मगरले खेलको ८८औँ मिनेटमा एक/एक गोल गरे। खेलमा वुमन अफ दी म्यान प्रहरीकी निरु थापा घोषित भइन्।

यही मङ्सिर १२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता तीन विभागीय टोलीसहित भारतका दुई टोली विहार र सिक्किम तथा सात प्रदेशको सहभागिता रहेको छ। प्रतियोगितामा विजेता टोलीले रु तीन लाख पाउने छन् भने उपविजेताले रु एक लाख ५० हजार प्राप्त गर्नेछन्।

त्यसैगरी सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही रु ५० हजार पाउनेछन्। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई एक थान स्कुटर प्रदान गरिनेछ। Source : DcNepal

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!