२.० ले रिलिज हुनु अगाडि नै तोडियो ‘बाहुबली २’ को रेकर्ड

नयाँ दिल्ली, भारत । बलिउडका नायक अक्षय कुमारको नयाँ चलचित्र आगामी साताबाट प्रदर्शनमा आउन लागेको छ। चलचित्र २.० ले बलिउडको सर्वाधिक व्यापार गर्न सफल चलचित्र बाहुबली २ को रेकर्ड तोडिसकेको छ। २.० आगामी २९ नोभेम्बरबाट रिलिज हुँद छ ।

चलचित्र २.० सन् २०१० मा रिलिज भएको रजनीकान्त र ऐश्वर्या रायको चलचित्र रोबोटको सिक्वल हो । २.० एक दिनमा ३२ ३३ हजार शो हुनेभएको छ। यसअघि बाहुबली २ ३१ हजार शो मात्रै भएको थियो ।

चलचित्र २.० २ घण्टा २८ मिनेटको चलचित्र हो । यसलाई भारतीय सेन्सर बोर्डले अनुमति सर्टिपिकेट पनि दिईसकेको छ। भारतीय सञ्चार माध्यमका अनुसार देश भरमा पहिलो दिन २.० को ३३ हजार सम्मको शो रहेको बताएका छन्। यो रेकर्ड बाहुबली २ को भन्दा बढी हो। बाहुबली २ पहिलो दिनमा ३१ हजार शो भएको थियो।

रिलिज हुनुभन्दा अगावै कमायो २०० करोड 

अक्षय कुमारको चलचित्र २.० ले सेटेलाईट राईट्स ११० करोड रुपैयाँमा बिक्री भएको छ। यो चलचित्र हिन्दी, तमिल र तेलुँगु भाषा गरी जम्मा तीन भाषामा डबिङ्ग भएको छ । जसका कारण चलचित्रले प्रदर्शनमा आउनुभन्दा अगाडि नै २०० करोड रुपैयाँ कमाईसकेको छ।

अग्रिम टिकट बुकिङ्मा पनि रेकर्ड 

चलचित्र २.० ले रिलिज हुनुभन्दा अगाडि नै अर्को पनि एउटा रेकर्ड बनाउन सफल भएको छ। २.० को करिब १२० करोड रुपैयाँ बराबरको अग्रिम टिकट पनि बुकिङ्ग भएको छ। यो भारतीय इतिहाँसमै सबैभन्दा बढि मुल्यको बिक्री भएको अग्रिम टिकट हो।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!