डडेल्धुरा घटना : १६ जनाको मृत्यु , घाइते २० जनाको पहिचान

काठमाडौं । डडेल्धुरामा बिहीबार साँझ भएको बस दुर्घटनाका घाइते बस दुर्घटनाका २० जना घाइतेको पहिचान भएको छ । घाइते हुनेहरु धेरै जसो युवायुवती रहेका छन् । घटनामा मृत्यु भएका १६ जनाको भने सनाखत हुन सकेको छैन ।

banner

मृतक मध्ये १४ जना पुरुष र २ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक खगेन्द्र साँवदले जानकारी दिए । उनी रातभरी घटनास्थलमै रहनेछन् । प्रहरीले घटनाको मुचुल्का पनि बनाइरहेको उनले बताए । कसरी दुर्घटना भयो भन्नेबारे अनुसन्धान हुने उनले बताए । उनले घाइतेहरुलाई तत्काल उद्धारमा लागेकाले कसरी दुर्घटना भएको भन्नेतर्फ केन्द्रित हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते २० जनाको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । सो अस्पतालमा हाल इन्द्र भुल (१६) सकायल डडेल्धुरा, माया रावल कोरायल खोला, रमेश भुल (१९) सकायल डडेलधुरा, सुनिता रावल (२०) कोरायल, विनोद किमाडी (१६) तल्लोसाल डोटी, पुरन भुल २० सकायल डडेल्धुरा, श्याम ओझा (२३) गोवघाट डोटी, भीम बलायर (३८) शिखर ६ डोटी,

सरिता बलायर (२९) शिखर १० डोटी, सोनिया रावल (१५) तिलनाली डोटी, सन्तोष रावल (१५) बन्डोसैनी डोटी, भरत बलायर (२०) बन्डोसैनी डोटी, नारद बलायर (१६) सेल्तडा डडेल्धुरा, इश्वरी दमाई गन्यापधुरा १ डडेल्धुरा, थानेश्व।र अवस्थी (२४) नवदुर्गा बेलापुर, हरिना बोहोरा (२१) तल्लिसाल डोटी, सावित्रा धामी (३८) डोटी, रमेश धामी (१७) शिखर १० डोटी, चक्रबहादुर बोहोरा (२४) गन्यापधुरा ३ डडेल्धुरा, डम्बरी भुल (१७) गन्यापधुरा ३ को उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!