अशोक दर्जीका पूर्व प्रिन्सिपल दिपक न्यौपानेको म्यूजिक भिडीयो सार्वजनिक

काठमाडौँ । चर्चित गायक राजेश पायल राईको स्वरमा सजिएको नयाँ गीत ‘मेरो मुटुको ढुकढुकी’ बोलको गीत सार्वजनिक गरिएको छ ।

उक्त गीतमा मन्जुल मितेरीको शब्द र संगीत रहेको छ भने गीतको म्युजिक भिडियोमा नायिका शिल्पा पोख्रेल र नवमोडल दिपक न्यौपानेले अभिनय गरेका छन् । दिपक न्यौपाने चर्चित बाल गायक अशोक दर्जीका पूर्व प्रिन्सिपल हुन् ।

बालगायक अशोक दर्जीका पूर्व प्रिन्सिपल समेत रहेका न्यौपानेले भिडियोमा अभिनय गर्दा धेरै कुराहरू सिक्ने अवसर पाएको बताएका थिए यो भन्दा अघि सार्वजनिक भएको एक सुटिङ रिपोर्टमा । गीतको एरेन्ज बादल लिम्बूले गरेका छन् ।

गोदावरीको रमणीय स्थानमा छायाङ्कन गरिएको भिडियोलाई बिज्ञान राईले निर्देशन गरेका हुन् भने छायाङ्कन अर्जुन तिवारीको रहेको छ ।
हेर्नुस् भिडियो

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!