काठमाडौं– मंसिर महिना बिहेका लगन धेरै हुने महिना हो । यो महिनामा बिहे लगायत अन्य शुभकार्य पनि धेरै हुने गरेका छन् । खासगरी बिबाहमा दुलाहादुलही दुवैले दुवोको माला लगाउने प्रचलन रहिआएको छ ।
मंसिर महिनामा काठमाडौका विभिन्न स्थानमा दुवोको माला बनाएर बेच्नेहरुलाई भ्याइनभ्याइ हुन्छ । यसरी बनाइएका दुवोका मालाको मुल्य पनि भन्नाभिन्ने हुने गरेको छ ।
दुवोका माला ६ सय देखि २५ सय सम्ममा किनवेच हुने गरेको काठमाडौको न्युरोड नजिकै मख्खन गल्लीका माला व्यवसायी रुपा लामा र निशा लामाको भनाई छ । माला बनाउने दुवो काठमाडौ बाहिरबाट ल्याउनुपर्ने भएकाले मालाको मुल्य पनि बढेको माला व्यवसायीहरुले बताएका छन् । – Rato Pati
प्रतिक्रिया दिनुहोस्