मध्यराति गाउँ पसेर प्रहरीले स्थानीय महिलामाथि निर्घात कुटपिट

निर्वाचनको मिति नजिकिदै जाँदा नेपाल प्रहरीले कैलालीमा ज्यादती गरेको छ । जनताको सुरक्षार्थ र अमनचयनका लागि खटिनुपर्ने प्रहरीले यतिबेला उल्टै जनतामाथि ब्यापक दमन गरेको प्रमाण फेला परेको छ ।

कैलालीको लम्कीस्थित मध्यराति १० बजे गाउँ पसेर प्रहरीले एक स्थानीय महिलामाथि निर्घात कुटपिट गरेको छ ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा लम्कीकी ध्रुव सञ्ज्यालको घरको धोका ढकढक्यार धरपकड गर्न खोजेपछि परिवारले छिमेकीलेलाई गुहारेका थिए । सञ्ज्याललाई गिरफ्तार गर्न खोज्दा स्थानीयले प्रहरीको प्रतिकारगरेका थिए ।

सोहि क्रममा स्थानीय र प्रहरीबिच झडप समेत भएको छ। सञ्ज्यालले बिनाकसुर मध्यरातमा प्रहरी थाना जान अस्वीकार गरेपछि उनलाई प्रहरीले छिमेकीकै अगाडी निर्घात कुटेको बहिनि ताराले जानकारी दिइन ।

प्रहरीको कुटाइबाट सञ्ज्याल र उनकी नाबालिक छाेरी गम्भीर घाइते भएकी छिन । घाइते दुबैको स्थानीय लालरत्न अस्पतालमा उपचार भइरहेको छ।

उनको शरीरमा पुरै निलडाम देखिएको असपतालले जनाएको छ । मध्यरातमा गाउँ पसेर जनतामाथि ज्यादती गरेको भन्दै स्थानीयहरु आक्रोशित बनेका छन् । उनीहरुले यसप्रकारको प्रहरी ज्यादती र मनपरी नरोकिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

ईमानदार मिडिया डटकमको अनुसार सञ्ज्याल नेपाल कम्युनिष्ट पार्टीकी जिल्ला सदस्य समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्