छोरो बचाउन भारतमा किड्नी बेचेकी रबिना आँफै मृत्युसँग लड्दै (भिडियो)

रबिना बादी युट्युबमा एक चर्चित नाम हो । विशेष गरि उनका श्रीमान श्यामलाल ओलीसंग को सम्बन्धले गर्दा उनको चर्चा एक्कासि भएको थियो । उनको श्रीमानसंग मिलन भइसकेको खबर आए पनि वास्तविकता भने त्योया हैन। उनका श्रीमानले पुन: उनलाई छोडेर गइसकेका छन् । उनले आफ्नै गित र म्युजिक भिडियो पनि सार्बजनिक गरिसकेकी छिन ।तिनै रबिना बादीले आफ्नो छोराको उपचारको लागी निक्कै गम्भीर कदम उठाएकी छिन ।

उनको बाबुको मुटुको उपचार र अन्य गम्भीर रोगको उपचार गर्न लाखौ रुपैया लाग्ने भएपछी भारत गएर आफ्नो मृगौला नै बेचेर आएकी छिन । उनले भारतको देहरादुनको दुना अस्पतालमा किड्नी बेचेकी थिइन । एक हप्तासम्म त्यहि अस्पतालमा उपचार गराएर अहिले उनी नेपाल आइपुगेकी छिन ।अन्तर्वार्ताको क्रममा उनले भनिन – यो निर्णय मेरो राजी खुसिले गरेको हो, कसैले दखल दिन मिल्दैन ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!