भोटिङतर्फ श्रृंखलाको अग्रता कायमै, कसले कति प्रतिशत भोट पाए ?

मंसिर ७, २०७५
काठमाडौं –चीनको सान्या शहरमा जारी प्रतिस्पर्धा ‘मिस वर्ल्ड – २०१८’ मा मिस नेपाल श्रृंखला खतिवडाले भोटिङतर्फ अग्रता कायमै राखेकी छन् ।

श्रृंखलाको अग्रता कायमै, कसले कति प्रतिशत भोट पाए ?

मोबस्टार एप तथा मिस वर्ल्डको आधिकारिक वेबसाइटमा जारी भोटिङमा श्रृंखलाले यो समाचार तयार पार्दासम्म २२ दशमलव ४४ प्रतिशत भोट पाएकी छन् ।

कुनै समय करीब ३० प्रतिशतको हाराहारीमा पुगेको भोट अहिले २२ मा झरेको छ । यद्यपि उनको भारी अग्रता कायमै छ । यस्तै मिस मंगोलियाले १२ तथा मिस थाइल्याण्डले ५.९३ प्रतिशत भोट पाएका छन् ।

मिस फ्रान्स, मिस थाइल्याण्ड, मिस फिलिपिन्स पनि भोटिङतर्फ अन्य धेरै प्रतिस्पर्धीभन्दा अगाडी छन् ।

भोटिङ तथा सामाजिक सञ्जालको गतिविधिमा सबैभन्दा अब्बल ठहरिने प्रतिस्पर्धीले मल्टिमिडिया अवार्ड जित्दै टप ३० मा सिधै प्रवेश पाउने छ ।

२८ नोभेम्बरसम्म चल्ने भोटिङमा श्रृंखलाले अग्रता कायमै राखे ८ डिसेम्बरमा हुने अन्तिमस्पर्धाका लागि उनको सहभागिता पक्का हुनेछ ।

कसको कति प्रतिशत भोट हेर्न र भोटिङ गर्न यहाँ जानुहोस् : https://www.missworld.com/#/vote

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!