अमेरिका-मेक्सिको सीमा बन्द गराइदिने ट्रम्पको धम्की

सीमाक्षेत्रमा मध्यअमेरिकी देशहरूबाट आप्रवासीको आगमनका क्रममा शान्तिसुरक्षामा बाधा पुगेमा मेक्सिकोसँगको व्यापारसमेत बन्द गरिदिने धम्की नउले दिएका छन्।

आवश्यक परेमा सीमास्थित सुरक्षा फौजलाई घातक शक्तिको प्रयोग गर्न आफूले अनुमति दिएको ट्रम्पले बताएका छन्।

तारबारको थप नयाँ संरचना बनाउन सोमवार अमेरिकाले व्यस्त नाका केही बेर बन्द गरिदिएको थियो।

कहाँका हुन् आप्रवासी?

मध्यअमेरिकी देशहरूबाट झन्डै चार हजार किलोमिटर यात्रा गरेर हजारौँ आप्रवासी सीमा क्षेत्रमा आइपुगेका छन्।

धेरैजसो आप्रवासी होन्डुरसका छन्। उनीहरू सीमा नगर टिह्वानामा आइपुगेका छन्। आफ्नो देशमा व्याप्त आर्थिक कठिनाइ तथा हिंसाबाट बच्न उनीहरू अमेरिका जान चाहन्छन्।

स्थानीय अधिकारीहरूका अनुसार थप आप्रवासीहरू आउने क्रम जारी छ र उनीहरूको कुल सङ्ख्या १० हजार पुग्नेछ।

यसअघि राष्ट्रपति ट्रम्पले सीमा क्षेत्रमा ५८ सय सुरक्षाकर्मी परिचालन गरेका छन्।  उनले आप्रवासीको आगमनलाई अतिक्रमणको सङ्ज्ञा दिएका थिए। –BBC

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!