’नाच फिरिरी’ गीतले युटुवमा ३ करोड भ्युज पार, काटियो केक !

निकै मन पराइएको गीत ’नाच फिरिरी’ ले युटुवमा ३ करोड भ्युज पार गरेको छ । यो अवसरमा ’नाच फिरिरी’ टिमले बिहिबार केक काटेर खुसीयाली बाँड्यो ।

केक काट्ने कार्यक्रममा गायक तथा संगीतकार महेश काफ्ले, मोडल स्वस्तिमा खड्का, निर्माता अशिफ शाह, असिम शाह, आकाश खड्का उपस्थित थिए । गीतका मोडल निश्चल बस्नेत भने प्रसाद प्रचार प्रसारमा व्यस्त हुँदै उक्त कार्यक्रममा उपस्थित हुन पाएनन् ।

गीतले तीन करोड भन्दा बढी भ्युज पाउँदा आफु र आफ्नो टिम निकै खुशी रहेको गायक महेश काफ्लेले बताए । स्वस्तिमाले यो माया ’नाच फिरिरी’ टिमले गरेको मेहेनतको प्रतिफल रहेको बताइन् । युवा पुस्तामाझ निकै हिट गीत ’नाच फिरिरी’ मा शब्द तथा सङ्गीत गायक काफ्ले स्वयंमको हो । गीतको सङ्गीत संयोजन भने रिकेश गुरुङले गरेका हुन् । गीतमा महेशलाई गायिका मेलिना राईले साथ दिएकी छिन् । गीत हेर्नुस :

भिडियोमा निश्चल र स्वस्तिमासँगै क्रिस्टल क्लज डान्स क्रु र कलाकार प्रकाश घिमिरेले साथ दिएका छन् । भिडियोमा शिवराम श्रेष्ठ र सुरज श्रेष्ठको छायाङ्कन रहेको छ भनेसम्पादन लोकेश बज्राचार्यले गरेका हुन् ।.

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!