फिल्म ‘सुश्री सम्पति’ को ट्रेलर सार्वजनिक

मङ्सिर २८ मा रिलिज हुने फिल्म ‘सुश्री सम्पति’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा दुई युवालले सुश्री सम्पतिको पछाडी लाग्नुको कारण र प्राप्तिको लागि गरिने संघर्षलाई देखाइएको छ ।

ट्रेलरमा फिल्मका तिन पात्र सलोन बस्नेत, सारा सिर्पाली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी र राजाराम पौडेल फिचर्ड छन् । यिनकै वरपर फिल्मको कथा घुम्ने भएकोले ट्रेलर पनि यिनमै फोकस छ । पोष्टप्रोडक्सनमा रहेको फिल्मको ट्रेलरलाई सहिल खानले तयार पारेका हुन् । रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने प्रियंका कार्की विशेष भूमिकामा छिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।

अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् । सार्वजनिक पोस्टरलाइ टौवा क्रिएसनले तयार पारेको हो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!