मेनुकाले फेरि तताईन ‘सारेगामापा’को स्टेज, भिडीयो हेर्नुस

काठमाडौं । शनिबार मेनुका पौडेलले जी टीभीको सीगिंग रियाली शो सारेगामापा मा गीत गाउँदा जुरी मेम्बरले नम्बर दिन कन्जुस्याईँ गरेनन् भने जजहरु आ आफ्नो ठाउँबाट उठे ।

‘नन्दलाला’ बोलको गीत गाएकी मेनुकाले जुरी मेम्बरबाट ९८ अंक पाउँदा टप टुभेलमा पुग्ने निश्चित गरिन् । शानिबार र आइतबार हुने प्रस्तुतिबाट सबैभन्दा थोरै अंक पाउने प्रतियोगी बाहिरिनेछन् । यद्यपी मेनुकपाले पाएको नम्बर डेन्जर जोनभन्दामाथि भएकाले उनी टप टूभेलमा पुग्ने निश्चित भएको हो ।

उनको गायीकाको प्रंशसा गर्दै जज शेखर वाजिद खानले दोस्रो पटक उठेर सम्मान गरे । वाजिदले मेनुकाले गज्जबको प्रगती गरेको भन्दै प्रशंसाको शब्द कम पर्ने बताए ।

कार्यक्रममा अतिथिका रुपमा आएकी चर्चित टीभी सीरियल कुमकुम भाग्यकी तनुश्रीले पनि उनको निकै प्रशंसा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!