नायिका अनु शाह सविनसँग प्याचअप भएपछि खुसी

भनिन्छ नि प्रेम प्राप्तीपछि मानिस खुसी हुन्छन । नायिका अनु शाह पनि आफ्नो प्रेम फर्किएपछि निकै खुसी छिन् । प्रेमी सविन श्रेष्ठसँग अनुको भर्खरै प्याचअप भएको छ ।

अनुको प्रेमपछि फर्किएको खुसी सामाजिक सञ्जाल फेसबुकमा देख्न सकिन्छ । खुसी भएका तस्बिरहरु अनु प्रत्येक दिन जसो फेसबुकमा पोस्ट गरिरहन्छिन् । यता सविनले पनि प्याचअप पछि अनुसँगको फोटो फेसबुकमा पोस्ट गर्दै आइरहेका छन् ।

अनु र सविन लामो समयदेखि प्रेममा छन् । तर बेलाबखत उनीहरु बिच छुट्टिने र मिल्ने क्रम जारी छ । पछिल्लो प्याचअपबाट भने दुबैजना खुसी देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!