दु:खद खबर: झापामा घरसँगै जलेर एकै परिवारका चारजनाको मृत्यु

झापा : झापाको शिवसतासी नगरपालिका-७ लाल्झोडामा आगोले जलेर एकै परिवारका चार सदस्यको ज्यान गएको छ ।

घरमा अचानक लागेको आगोले जलेर उनीहरूको मृत्यु भएको हो । सोमबार बिहान प्राप्त जानकारी अनुसार आइतवार राति ९ बजेको समयमा उक्त आगलागी भएको हो । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

स्थानीय भानु माध्यमिक विद्यालयबाट २० मिटर नजिक रहेको खनाल परिवारका सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी भएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जानकारी दिएको छ ।

मृत्यु हुनेमा ३६ वर्षीय लक्ष्मन खनाल, ३० वर्षीया राधिका खनाल, ४ वर्षीय सुप्रिया खनाल र तीन महिनाका नाबालक टीकाराम खनाल रहेका छन् ।

आगलागी के कारणले भएको हो भन्ने खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!