मुटु जाेडिएर जन्मिएका जुम्ल्याहा बालिकाको मृत्यु

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मङ्सिर २ गते पेटदेखि छातीसम्म शरीर जोडिएर जन्मेका जुम्ल्याहा बालिकाको मृत्यु भएको छ ।

तीन किलो ६०० ग्राम तौलका जुम्ल्याहा बालिकाको अाइतबार राति मृत्यु भएको हो । गएको आइतबार रास्कोट नगरपालिका– ५ सिउना कालीकोटकी २८ वर्षीया ललिता बूढाले जुम्ल्याहा बालिकालाई जन्म दिएकी थिइन् ।

श्वासको गति बढ्दै गएपछि जुम्ल्याहा बालिकाको मृत्यु भएको डा राजीव शाहले जानकारी दिएका छन् । “भिडियो एक्स–रे गरेर हेर्दा जुम्ल्याहा बालिका दुवैको मुटु जोडिएको थियो”, उनले भने, “मुटु जोडिएकाको शल्यक्रिया गर्न सकिँदैन ।” अामा ललिताको ज्यान जोगाउन भने चिकित्सक सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!