कारमा हार्डवेयर सामान राखेर तस्करी

झापा। झापाको मेचीनगर नगरपालिका ६ स्थित टोकला गेट अगाडीबाट प्रहरीले आज दिउँसो ठुलो परिमाणको हार्डवेयर सामान बरामद गरी भन्सार बुझाएको छ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरीको संयुक्त चेकिङमा खटिएको टोलीले डब्लु. ७४ एसी ४८५२ नम्बरको भारतीय कारमा चेकजाँच गर्ने क्रममा अन्दाजी ४ लाख ८० हजार ५ सय मुल्य बराबरको हार्डवेयरका बिभिन्न सामान बरामद गरेको थियो।

भारतबाट नेपालतर्फ भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको उक्त परिमाणको सामानसहित कार र चालक झापा मेचीनगर नगरपालिका ६ बस्ने बर्ष ३८ को भिम कुवँरलाई आवश्यक कार्बाहीकालागी भन्सार कार्यालय काँकडभिट्टा बुझाईएको इप्रका काँकडभिट्टाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!