इटहरीकाे जनता बस्तीमा बम बिस्फाेटपछि धरानमा फेरि अर्काे बम बिस्फाेट

धरान । इटहरीकाे जनता बस्तीमा बम बिस्फाेट भएकाे तिन घण्टा बित्न नपाउदै धरानमा अर्काे बम बिस्फाेट भएकाे छ । बाम गठवन्धन सुनसरीको क्षेत्र १ का प्रतिनिधी सभाका उम्मेद्धवार जय कुमार राईको घरमा बम विस्फोट भएको छ । विहीबार साँझ ६ वजे धरान १५ स्थित भानुमार्गमा रहेको घरमा वम विस्फोट भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले वताए ।

उनका अनुसार पाइप वम विस्फोट भएको वताइएको छ । विस्फोटबाट कुनै क्षति भएको छैन । छिमेकी दिप माेक्तानका अनुसार विस्फोट गराउनेहरु स्कुटीमा भागेको जनाइएको छ । वम कस्ले विस्फोट गएको भने अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!