सुन्दर ठाउँ ‘पोखरा’ नै लाग्छ

ठाउँ 

तालको छाल हेरिरहँदा दिन बितेको पत्तै पाउँदिनँ । त्यसैले प्राकृतिक हिसाबले सुन्दर ठाउँ पोखरा नै लाग्छ । कति पटक पुगें भन्ने गन्ती नै छैन ।

परिकार 

नेपाली खानाकी पारखी हुँ । दाल, भात, तरकारी, अचारलगायत थुप्रै परिकार चट्ट राखेर एकसाथ खाने हाम्रो संस्कार अति लोभलाग्दो छ । जुनसुकै विदेशी परिकार चाखे पनि आफ्नो घरको खाना मिस गर्छु ।

पेयपदार्थ 

सफ्ट ड्रिंक्सजति सबै मन पर्छ । अल्कोहल चाहिँ परिस्थितिमा भर पर्छ । रेड वाइन खान मन पराउँछु । सबैभन्दा ठूलो नशा चाहिँ कफीमा छ । उस्तै परे दिनको तीन–चार कप कफी खाइदिन्छुु ।

Related image

पुस्तक 

पुस्तक त पढ्छु, तर शीर्षक ठयाम्मै याद हँुदैन । पाउलो कोहेलोका प्राय: सबै किताब पढेकी छु । नेपालमा चाहिँ नयाँ साहित्यिक पुस्तक निस्किरहेका हुन्छन् । हात परेजतिका अध्ययन गर्न चासो राख्छु ।

लेखक 

पाउलो कोहेलो ।

गीत 

रोमान्टिक नेपाली गीत बढी सुन्छु । अञ्जु पन्तको ‘जिन्दगी यो फूलैफूलको काँडा हुँदैन…’ र आनी छोइङ डोल्माको ‘फूलको आँखामा फूलै संसार…’ सधैं सुनिरहूँ जस्तो लाग्छ ।

गायक/गायिका 

गायिकामा अञ्जु पन्त नै मन पर्छिन् । गायकमा चाहिँ थुप्रै छन् । नेपालमा राजेशपायल राई र

भारतका अरिजित सिंहका गीतले मन छुन्छन् ।

फिल्म 

आफू खेलेको फिल्म भएर मन पर्‍यो भन्नुहोला, त्यसो पक्कै होइन । तर, ‘कहाँ भेटिएला’ नै मेरो मनमा बेस्ट फिल्मको रूपमा बसेको छ । किनकि त्यसको लभस्टोरी टची लाग्छ ।

अभिनेता/अभिनेत्री 

अभिनेत्रीमा जल शाहको याद आउँछ । नेपाली फिल्म क्षेत्रमा उनी जस्ती अभिनेत्रीको जहिले पनि अभाव खड्केको महसुस गर्छु । चुलबुले, क्युट र भूिमकाअनुसार बोल्ड अभिनय गर्न उनी सक्षम थिइन् । अभिनेतामा चाहिँ पाका पुस्तामा हरिवंश आचार्य र युवामा दयाहाङ राई मन पर्छन् ।

ग्याजेट 

अहिलेको युग प्रविधिमा अडिएको छ । मेरो दैनिकी ग्याजेटबिना असम्भव नै देख्छु । सबै काम

यसैबाट हुन्छ । आईफोन र आईप्याड चलाउँछु ।

 

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!