जिप दुर्घटना: बेहुला बेहुलीसहित सात जनाको मृत्यु

रुकुम -रुकुमको मुसिकोटमा यात्रुबाहक जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ४ जना घाइते छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर छ ।

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम मुसिकोट आइरहेको ग १ ज ४२६० नम्बरको जिप दुर्घटना भएको प्रहरीले बताएको छ ।

बेहुला बेहुलीको मृत्यु
दुर्घटनामा नवविवाहित जोडीको मृत्यु भएको छ । मृत्यु भएका प्रहरी निरीक्षकद्वय नवीन श्रेष्ठ र अनित प्रधान विवाह गरेर फर्कंदै थिए ।

बाबु–छोराको मृत्यु
घटनामा मृत्यु भएका मुसिकोट नगरपालिका १ का शेरबहादुर श्रेष्ठ र सुधन श्रेष्ठ बाबु–छोरा हुन् ।

मुसिकोट नगरपालिका १ का जनक शाह र सुरेखा शाह तथा त्रिवेणी गाउँपालिका १ की यमुना मल्लको मृत्यु भएको रातोपाटी संवाददाताले बताए ।

जिप चालक दाङका प्रेम थापा, सह चालक रूकुम पश्चिम बाँफिकोट गाउँपालिका मग्माका प्रेम केसी र दाङका टेकबहादुर खत्री घाइते छन् ।

खत्रीको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!