परमाणु आक्रमणका लागि ट्रम्पलाई कसले रोक्न सक्छ ?

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परमाणु आक्रमणको अवैध आदेश दिए अमेरीकी सेना त्यसलाई अस्वीकार गर्न सक्छ ?

Image result for trump

यद्यपी सामान्य परिस्थितिमा कोहीपनि राष्ट्रपति को आदेश अस्वीकार गर्न सक्दैन तर अमेरीकी सेनाका जनरल परमाणु आक्रमणका लागि स्पष्टीकरण माग्न सक्छन् र उनी कुनैपनि अवैध आदेशलाई मान्न अस्वीकार गर्न सक्छन् ।

पछिल्ला महिनाहरुमा उत्तर कोरिया र अमेरीका बीच बढ्दो तनावका कारण आम नागरिक परमाणु आक्रमण गर्नबाट राष्ट्रपति ट्रम्पलाई कसले रोकन सक्छ भनेर प्रश्न गरिरहेका छन् ।

एक रिटायर्ड सैनिक जनरलले कांग्रेससँग केही विशिष्ट परिस्थितिमा अमेरीकी सेनाले राष्ट्रपति ट्रम्पको आदेश अस्वीकार गर्न सक्ने बताएका छन् । अमेरीकी स्ट्रैटेजिक कमाण्डका चीफ जनरल जोन हाइटनले हैलीफैक्स इन्टरनेशनल सिक्योरिटी फोरममा राष्ट्रपतिको आदेश अवैध लागे त्यसका विरुद्धमा सल्लाह दिने बताएको बीबीसीले जनाएको छ ।

आदेशलाई अस्वीकार गर्ने अधिकार कसैसँग छ ?

यदि राष्ट्रपति ट्रम्पले परमाणु आक्रमण गर्ने बारे सोच बनाए उनले सबैभन्दा पहिले आफ्ना सल्लाहकारहरुसँग उपलब्ध विकल्पहरुका बरेमा गहन छलफल गर्नु पर्ने हुन्छ । त्यसपछि ट्रम्प पेन्टागनमा सेनाका वरिष्ठ कमाण्डरहरुलाई यस बारेमा आदेश दिन सक्छन् ।

सेनाका वरिष्ठ कमाण्डार राष्ट्रपतिको पहिचानको पुष्टि सिक्रेट कोडहरुको माध्यमबाट गर्छन् । कोड छापिएको कार्डलाई ‘बिस्कुट’ भनिन्छ । अमेरीकी राष्ट्रपति जहाँ गएपनि ‘बिस्कुट’ उनीसँगै लगिन्छ ।

राष्ट्रपतिको यो आदेश अमेरीकी स्ट्रैटेजिक कमाण्डसम्म पुगेपछि अगाडिको कारवाहीका लागि ग्राउण्ड स्टाफसम्म सन्देश पुग्दछ । सेनाका यी ग्राउण्ड स्टाफ जमिनमा भए जमिनबाट र पनडुब्बीमा भए पनडुब्बीबाटै मिसाइल प्रहार गर्दछन् ।

यो प्रक्रियामा अमरीकी राष्ट्रपतिको आदेश स्वीकार गर्न नमान्ने पनि कोही छ ?

कमाण्डर–इन–चीफ

अमेरीकामा यो विषयलाई लिएर कानुनी अवस्था पूर्ण रुपले स्पष्ट छ । अमेरीकी राष्ट्रपति एक मात्र यस्ता व्यक्ति हुन जो परमाणु आक्रमणको आदेश दिनका लागि आधिकारिक व्यक्ति हुन् ।

सामान्य अवस्थामा कसैलाई पनि राष्ट्रपतिको आदेशलाई अपहेलना गर्ने अधिकार अमेरीकामा दिइएको छैन् । कमाण्डर–इन–चीफको हैसियतबाट यो राष्ट्रपतिको अधिकार क्षेत्रमा पर्दछ ।

अमेरीकी कानुन अनुसार सैद्धान्तिक रूपमा उपराष्ट्रपति राष्ट्रपतिलाई सत्ताच्युत गर्न सक्छन् । तर राष्ट्रपतिलाई सत्ताच्युत गर्न उपराष्ट्रपतिले मन्त्री परिषद्बाट राष्ट्रपति आफ्नो जिम्मेवारी निभाउन सक्षम नभएको बहुमतले पारित गर्नु पर्दछ ।

तर ड्यूक यूनिभर्सिटीमा पोलिटिकल साइन्सका प्रोफेसर पीटर फीएवर भन्छन्, ‘‘ट्रम्पलाई परमाणु आक्रमण ट्वीट गरे जस्तो सजिलो छैन् । राष्ट्रपति जे आदेश दिन्छन् त्यो कयौं स्तरबाट गुज्रिएर आएको हुन्छ । यसमा तल्लो तहको कुनै व्यक्तिले नै परमाणु बटन दबाउदछ ।’’

कयौं नकारात्मक सल्लाहका बावजुद राष्ट्रपति ट्रम्पसँग आक्रमणको आदेश दिने कानुनी हक भने भएको उनले स्वीकार गरे । आफ्नो आदेश लागु गराउन राष्ट्रपतिले सेनाका जनरलहरुलाई मनाउनु पर्ने अवस्था रहने प्रोफेसर फीएवरको भनाई छ ।

परमाणु आक्रमणको आदेश अवैध भए त्यसलाई लागु गर्न अस्वीकार गर्ने जनरल हाइटनले जिकिर गरे । “यदि तपाईले कुनै अवैध आदेश माने बाँकी जिन्दगी जेलमा बिताउनु पर्ने हुन्छ ।’’ उनले भने ।

साउदर्न मेथोडिस्ट यूनिभर्सिटीमा कानुन विषय ऋधयापक गराउँदै आएका डलासका प्रोफेसर एन्थोनी कोलान्जेलोका अनुसार परमाणु हतियारको प्रयोगले अन्तरराष्ट्रीय कानुनको उल्लंघन हुन्छ । जेनेभा सन्धी झै यसलाई पनि अमेरीकाले स्वीकार गरेको छ ।

प्रोफेसर एन्थोनीले भने अनुसार नै अमेरीकी रक्षा विभागका नियमपनि यस्तै प्रकारका रहेका छन् । प्रोफेसर एन्थोनी कोलान्जेलो भन्छन्, ‘‘यदि राष्ट्रपतिले दिएको अवैध आदेश मान्ने हरेक व्यक्ति युद्ध अपराधका लागि जिम्मेवार ठहर्छ । अवैध आदेश अस्वीकार गर्नु उनीहरुको जिम्मेवारी हुन्छ ।’’

के अधिकारी अस्वीकार गर्न सक्छन् ?

यस्तो अवस्थामा राष्ट्रपतिको आदेश वैध हो अथवा अवैध हो भनेर हरेक व्यक्तिले तय गर्न सक्दैन । राष्ट्रपति अथवा सेनाका उच्च पदस्थ अधिकारी सँग रहेको जानकारी पानीभित्र रहेको पनडुब्बीमा तैनात कुनैपनि सैनिकसँग हुँदैन ।

यदि कुनै जनरलले राष्ट्रपतिको आदेश अस्वीकार गरे उसलाई बर्खास्त गर्न सकिन्छ । तर उसको स्थानमा ल्याइने जनरल पनि कानुन मान्न उत्तिकै बाध्य रहन्छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!