कालिकाेटको मालकोटमा दिउँसै दोहोरो गोली हानहान भएको छ ।
मालकोटमा मतदान गर्न स्थानीय नआएपछि प्रहरी गाउँ पसेर मतदान गर्न भन्न थालेपछि अज्ञात समूह र प्रहरीबीच दोहोरो गाली हानाहान भएको हो ।
स्थानीय पत्रकार सजनी बमका अनुसार सल्लारुख मतदान केन्द्रलाई लक्षित गरी अत्याधुनिक हतियार एसएलआरबाट गोली प्रहार गरेपछि केही बेर दोहोरो गोली हानाहान भएको थियो ।
प्रहरीले जवाफी फायरिङ गरेपछि अज्ञात समुहले थप गोली चलाउँदा केही बेर दोहोरो भिडन्त भएको थियो । प्रहरीले २५ राउण्ड गोली चलाएको छ भने गाउँतिरबाट अत्याधुनिक हतियारद्वारा ४० राउण्ड गोली हानिएको छ ।
सल्लारुख मतदान केन्द्रमा सुन्य मतदान भएको छ । अघिल्लो पटक स्थानीय तह निर्वाचनमा पनि सल्लारुख मतदान केन्द्रमा सुन्य मतदान भएको थियो
।
मालकोटकै उत्सव मतदान केन्द्रबाट भने जम्मा १ सय ५० मत खसेको छ ।
उक्त क्षेत्रको रुप्सा, कुमालगाउँ, कोडबाडा र रकुका विभन्न मतदान केन्द्रमा पनि न्यून मत खसेको बताइएको छ ।
अनलाइनडबली संवाददाता ।
प्रतिक्रिया दिनुहोस्