बेलायती राजकुमार ह्यारीको बिहे अमेरिकी नायिका मेघानसँग पक्का

मंसिर ११ – बेलायती राजकुमार ह्यारीले आफ्नी अमेरिकी प्रेमिकासँग बिहे गर्ने पक्का भएको छ । राजकुमार ह्यारीले अमेरिकी नायिका मेघान माक्र्लेसँग  बिहे गर्ने केन्सिङ्टन दरबारले जनाएको छ ।

राजकुमार ह्यारी र मेघान सन् २०१६ देखि डेट गर्नुभएको थियो । उहाँहरुले एक महिनाअघि मात्रै इन्गेजमेन्ट गर्नुभएको थियो । राजकुमार ह्यारीको इन्गेजमेन्टबारे बेलायती महारानी र नजिकका केही मान्छेलाई मात्र थाहा थियो ।

विवाहका अन्य तालिकाबारे पछि जानकारी गराइने बताइएको छ । केन्सिङ्टन दरबारले मेघान माक्र्लेका बुवाआमालाई सुभेच्छा दिएको छ । ह्यारीका दाजुभाउजू राजकुमार विलियम र क्याथरिनले पनि राजकुमार ह्यारी र मेघानको विवाहको खबर सार्वजनिक गर्न पाउँदा निकै खुसी भएको बताउनुभएको छ । –Ujyaalo

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!