प्रहरीमाथि गोली प्रहार गर्ने तीन पक्राउ

मंसिर ११, २०७४-प्रहरीमाथि गोली प्रहार गरी भाग्दै गरेका हतियाधारी समूहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दिउँसो सिरहा कल्याणपुर नगरपालिका ५ स्थित निर्दनाघाट भन्ने स्थानमा प्रहरी चेकिङमा खटेका प्रहरीमाथि गोली प्रहार गर्ने तीन जनालाई धनुषाको शहीद नगरपालिकाबाट सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो ।

धनुषा शहिद नगरपालिका १ का ३२ शिवकुमार राय, २८ वर्षीय मनोज यादव र १८ वर्षीय सुरेन्द्रकुमार रायलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट १ सय ५० ग्राम ब्राउनसुुगर र एक थान चाइनिज पेस्तोल बरामद भएको छ ।

गोली प्रहारबाट प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुँवर घाइते छन् । गोली प्रहार गरेको आरोपमा तीन जनालाई शहिदनगर नगरपालिका २ स्थित चिरैया चोकबाट पक्राउ गरिएको हो ।

चिरैया चोकमा ज६प ९०५६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।- Kantipur

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!