जुनु पुन, जसले ३७ जना अनाथ बालबालिकाको संरक्षण गर्दै आएकी छिन

पदम थापा मगर,पोखरा । भनिन्छ “हुने विरुवाको चिल्लो पात, नहुने विरुवाको फुस्रो पात” यो भनाई संग ठ्याक्कै मेल खाने जुनु पुनको बाल्यकालको जिन्दगीलाई नजिकबाट नियाल्नेहरुले सोझै अड्कल लगाउन सकिन्थ्यो कि जुनु पुन भविष्यको एउटा समाजसेवी व्यक्तित्व हो । नभन्दै आज उनी भुकम्प र द्वन्द्वकालमा आफ्नो अभिभावक गुमाएर बेसहारा बनेका ती ३७ जना अनाथ बालबालिकाको “आमा” भएर आज उनिहरुको भविष्यको लागि संघर्ष गरिरहेकी छिन ।

जुनु पुनको जन्म बाग्लुङ जिल्लाको सुखौरा भन्ने ठाउँमा बाबा प्रेम बहादुर पुन र आमा दिल कुमारी पुनको दुई बहिनी छोरी मध्ये जेठी सुपुत्रीको रुपमा भएको थियो । महिला भए पनि म पुरुष भए हुन्थ्यो राम्रो कामको लागि अझै धेरै जोखिम मोल्दै चुनौतीहरुसंग सामना गर्न पाए हुन्थ्यो भन्ने भावना राख्ने उनी सानै देखि नृत्य गर्न, भलिबल खेल्न र समाज सेवा गर्न चाहन्थिन । लाहुरे परिवारमा हुर्केकोले लाउन खानाको दुख थिएन । तर यो समाजमा रहेर केही गर्नु पर्छ भन्ने सोच सानै देखिनै थियो । तेसो त पारिवारिक माहोल पनि तेस्तै खालको थियो । उनको बाजेले एकजना बाबाआमा नभएको बच्चालाई घरमा ल्याएर जुनुकै फुपू बनाएर राखेको थियो । तेहि कुराहरु बाट प्रभावित भएर जुनुले पनि आफु सानै छँदा बोरामा हालेर फालेको बच्चालाई घरमा ल्याएर पालेको र ७ कक्षा सम्म पढाए पछि आफन्त आएर लगेको थियो ।

एउटी महिलालाई आफ्नो २-३ जना छोराछोरीलाई हुर्काउन पढाउन कत्ति गाह्रो हुन्छ तर जुनु पुन अहिले “एकीकृत सृजनशिल समाज नेपाल” को आमा भएर भुकम्प, द्वन्द्वकाल र अन्य घटनाहरु बाट आफ्नो अभिभावक गुमाएका ३७ जना अनाथ बालबालिकाहरुलाई स्याहारसुसार र संरक्षण गर्दै उनीहरूको उज्ज्वल भविष्यको लागि दिनरात संघर्ष गरिरहेकी छिन । यसरी सरकारले गर्नु पर्ने काम व्यक्तिले गरिरहँदा पनि अहिले सम्म सरकारको पक्षबाट कुनै सहयोग नभएको र सरकारी कार्यलयमा फाईल तेर्स्याउनु पुर्व सरकारले यिनै मिडियाबाट एकीकृत सृजनशिल समाज नेपालले गरेको सामाजिक कामलाई हेरि सहयोग गर्नुपर्ने र अहिले सम्म घरपरिवार, विदेशमा रहनुहुने आफन्त र शुभचिन्तकहरुको सहयोगकै भरमा खर्च व्यवस्थापन गरेको उनी बताउछिन । काम गर्दै जाँदा धेरै दु:ख र कष्टहरु भोग्नु परे पनि गाडीमा हिन्दा चिन्नेहरुले आमा कता हिन्नु भो ? तरकारी किन्न जाँदा सहुजीले के को तरकारी लानु हुन्छ आमा आज बच्चाहरुलाई ? भन्दा वा बच्चाहरुले आमा नमस्ते ! आउनु भयो ? जुनु आमा नभएको भए हामीले पढ्न पाउँथेन होला । भन्दाखेरी सारा दु:खहरु बिर्सेर आफु खुसी हुने बताउछिन ।

अहिलेसम्म भाडाको घरमा बसेको र निकट भविष्यमा सरकारले सहयोग गर्यो भने वा ठुलो मन भएको सहयोगी दाता भेटियो भने छिट्टै नै आफ्नै घर बनाएर सो ठाउँमा बच्चाहरुलाई व्यवस्थित तरिकाले राख्ने योजना रहेकोले देश तथा विदेशमा रहनु हुने सम्पुर्ण सहयोगी मनहरुलाई सहयोग गरिदिनु हुन अपिल गर्नु भयो । उनी एकीकृत सृजनशिल समाज नेपालको आमा मात्र नभई ढोरपाटन स्पोर्ट्स क्लबको संस्थापक उपाध्यक्ष, आदिवासी जनजाति युवा महासंघको उपाध्यक्ष, नेपाल भलिबल संघको केन्द्रीय सदस्य लगायत विभिन्न संघसंस्थामा आबद्ध छिन ।-(मगर मिडिया)

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!