गौचनको हत्या रहस्य बल्ल स्पष्ट भयो

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका योजनाकार समीरमान सिंह बस्नेत पक्राउ परेसँगै नयाँ खुलासा भएको छ ।

कन्स्ट्रसन कम्पनीमा कुमार घैंटेमार्फत गौचनले आफ्नो लगानी भित्र्याएको र त्यही रकम विवादमा उनको हत्या भएको प्रहरीको रिपोर्टमा उल्लेख रहेका छन्।

सीआईबीका अनुसार मृतक गौचनले आफ्नो डाँफे कन्स्ट्रक्सनमा शेयर दिने भनेर गजुरमुखी कन्स्ट्रक्सनका मुख्य लगानीकर्ता कुमार घैंटेमार्फत साढे २ करोड लिएका थिए । जसमध्ये एक करोड समीरमानको भएको दाबी छ । तर, घैंटेे भने  ३ भदौ ०७२ मा प्रहरी कारबाहीमा मारिएको थियो ।

घैंटेको मृत्युपछि समीरमानले शरद गौचनसँग साढे २ करोड दाबी गरे । र, रकम फिर्ता गर्न वा शेयर दिन पटक-पटक आग्रह गर्दा नमानेपछि उनीहरुबीच विवाद भएको प्रहरीले बताए।

समीरमानले वीरगञ्ज विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको कमिसन वापत २ प्रतिशत रकम पनि मागेका थिए । तर, गौचनले नदिएकाले समीरमानकै योजनामा उनको हत्या भएको खुलेको प्रहरीले जनाए।- News 24

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!