३४ सय मतान्तरले गगन थापा विजयी

मंसिर २३, २०७४-काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेस नेता गगन थापा विजयी भएका छन् । उनले एमाले उम्मेदवार राजन भट्टराईलाई ३ हजार ४ सय १८ मतले पछि पार्दै विजयी भएका हुन् ।

थापाले २१ ह्जार ५ सय ५८ मत पाए । उनका प्रतिस्पर्धी भट्टराईले १८ हजार १ सय ४० मत पाए ।- Ekantipur

 

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!