मङ्सिर २३ ,
ईलाका प्रहरी कार्यलय नेमुवा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक टंक प्रसाद कोईरालाले महिला म्यादी प्रहरी माथी कुटपिट तथा असभ्व्य गाली गलोज गरेको भन्दै उनलाई कारबाहीको माग गरिएको छ ।
मंसिर २१ गते भएको प्रदेश र प्रतिनिधी सभाको चुनावमा खटिएका म्यादी प्रहरी माथी मोरङको नेमुवा स्थित रहेको प्रहरी चौकीका ईन्चार्ज टंक प्रसाद कोईरालले चुनावमा खटेर आएका म्यादी प्रहरी महिला माथी अभद्र र असभ्य भाषा गर्दै गाली गलौज गरेको उनीहरुले आरोप लगाएको छ ।
म्यादी प्रहरी माथी नेपाल प्रहरीले ज्यादती गरेको भन्दै ईलाका प्रहरी कार्यलय नेमुवा ३ घन्टा सम्म घेराउ गर्न पुगेका थिए ।
हेर्नुहोस भिडियो जस्ताको तस्तै
प्रतिक्रिया दिनुहोस्