१२ वर्षदेखि पढाउँदै आएकी शिक्षिकालाई हटाएर आफ्नै बुहारीलाई जागिर !

दियोपोस्ट संवाददाता : धादिङ, ३१ वैशाख । धादिङको सिद्दलेख गाउँपालिकाका एक वडाध्यक्षले आफ्नी बुहारीलाई जागिर लगाउनका लागि एक शिक्षिकालाई जागिरबाट बर्खास्त गरेको खुलाशा भएको छ ।

सिद्धलेक गाउँपालिका वडा नम्बर २ नलाङका वडाध्यक्ष कमल गुरुङले नलाङ पात्ले माविमा बाल शिक्षिकामा कार्यरत सिता अर्याललाई हटाएर आफ्नी बुहारी निर्माया गुरुङलाई बाल शिक्षिकाको रुपमा नियुक्त गरेका हुन् ।

‘म १२ वर्षदेखि यो विद्यालयमा बाल शिक्षिकाको रुपमा पढाउँदै आएको थिएँ । तर, यहँका वडाध्यक्ष कमल गुरुङ सरले मलाई हटाएर उहाँको बुहारीलाई नियुक्त गर्नु भयो,’ सिताले दियोपोस्टसँग भनिन्,‘मलाई यहाँबाट हटाएर वडा नम्बर ४ बुङ्चुङको गाउँपालिका कार्यालयमा शरुवा गरिएको छ । यहाँबाट ३ घण्टासम्म हिँडेर जानुपर्छ ।’

यता बालशिक्षिकालाई उक्त विद्यालयबाट हटाइएको विषयमा विद्यालयका अभिभावकले समेत विरोध गरेका छन् । उनीहरुले विद्यार्थीको प्रीय शिक्षिकाको शरुवाले आफ्ना बालबालीकाको अध्ययनमा असर पर्ने भन्दे सरुवा रोक्नका लागि गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाललाई निवेदन दिएका छन् ।
त्यस्तै शिक्षक सरोकारवालाको बैठकले समेत वडाकार्यालयले गरेको सरुवा उचित नेदिखिएको भन्दै विरोध गरेका छन् ।

सिद्धलेक गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष कमल गुरुङले आफ्नी बुहारीलाई नलाङ पात्ले माविमा जागिर लगाएको स्विकार गरे

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!