जेठ १५ गते पूर्णिमा , के हुन्छ पूर्णिमाको दिन ?

एजेन्सी, हिन्दु धर्म र ज्योतिष शास्त्रमा पूर्णिमाको रहस्यको बारेमा निष्पादित गरिएको छ । वर्षभरमा १२ पूर्णिमा र १२ अमावस्या हुने गर्दछन्  । हिन्दु पन्चांग  अनुसार महिनाको ३० दिनमा चन्द्र कालको आधारमा १५-१५ दिनको २ पक्ष्ँमा बाढीएको छ । “शुक्ल पक्ष र कृष्ण पक्ष” शुक्ल पक्षको अन्तिम दिनको पूर्णिमा र कृष्ण पक्षको अन्तिम दिनलाई अमावस्या भनिन्छ । वर्षमा यस्तो कैयौं महत्वपूर्ण दिन् र रात रहेको छ जसले धर्तीमा र मानवमा गहिरो प्रभाव पार्ने गर्दछ । यी मध्य सबैभन्दा महत्वपूर्ण दिन हो पूर्णिमा। सबैको अलग-अलग महत्व हुने गर्दछ । पूर्णिमा र अमावस्या प्रति निकै मानिसहरुको भय रहेको छ ।

यी तिथिहरूको नाम यस प्रकार रहेका छन् । यी तिथिहरुको नाम : पूर्णिमा , प्रतिपदा, द्वितीया, तृतीया, चतुर्थी,पंचमी, षष्ठी, सप्तमी, अष्टमी, नवमी, दशमी , एकादशी, द्वादशी, त्रयोदशी, चतुर्दशी र अमावस्या । वर्षको १२ पूर्णिमामा कार्तिक पूर्णिमा, माघ पूर्णिमा, शरद पूर्णिमा, गुरु पूर्णिमा, बुद्ध पूर्णिमा आदि मुख्य पूर्णिमा मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!