नेपाल–भारत व्यापारीबीच भएको कुटाकुटको विषयलाई लिएर काँकडभिट्टा नाका ठप्प

बिर्तामोड : दुई देशका व्यापारीबीच भएको कुटाकुटको विषयलाई लिएर शनिबार एक घण्टा काँकडभिट्टा नाका ठप्प भएको छ।

मेचीनगरस्थित इँट्टाभट्टा निवासी कुमार पोख्रेलले व्यावसायिक लेनदेनका बिषयमा भारत पानीट्ंयाकीका व्यापारी विकाश र सजीव भन्नेलाई बिहीबार इँटाभट्टामा कुटपिट गरेका थिए । सोही विषयलाई लिएर शनिबार दिउँसो १ देखि २ बजेसम्म भारतीय पक्षले अवरोध गरेपछि सीमावर्ती काँकडभिट्टा नाका ठप्प बनेको हो।

एक घण्टा नाका ठप्प हुँदा नेपालबाट भारतर्फ जाने र भारतबाट नेपालतर्फ आउने साना तथा ठूला सवारीसाधनमा रोक लगाइएको थियो भने दैनिक किलमेलका लागि पानिट्ंयाकी जाने सर्वसाधरण मेची पुलमै अलपत्रमा परेका थिए।

भारतीय पक्षबाट नाकामा रोक लगाएपछि नेपाल तर्फपनि केहीबेर नेपाली पक्षले भारतीय सवारीसाधन रोक लगाएका थिए। सीमा अवरोध हुदाँ मेचीपुलको जाम हटाउन दुवै देशका प्रहरीलाई हम्मे–हम्मे परेको थियो।

दुबै देशका सुरक्षा अधिकारीले पीडित पक्षलाई न्याय दिलाउने आश्वासन दिएपछि सीमा अवरोध खुलेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रमार बस्नेतले जानकारी दिए । उता पीडित भारतीय व्यापारी पक्षले कुटपिटका बिषयमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले निवेदन लिन नमानेपछि सीमा ठप्प पारेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!