एनसेल प्रयोगकर्तालाई खुशीको खबर: हरेक हप्ता एक लाख नगद उपहारको अफर

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा आफ्ना ग्राहकका लागि आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर ल्याएको छ ।

यस योजना अन्तर्गत एनसेलका १० भाग्यशाली ग्राहकले हरेक हप्ता जनही एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यो अफर यहि आइतबार (भदौ १७) गते देखि लागु भई १० हप्तासम्म सञ्चालनमा रहनेछ ।

सप्ताहभर रु १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले भागलिई आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले प्रत्येक रु १०० बराबरको रिचार्जका लागि एसएमएसमार्फत एउटा कोड प्राप्त गर्नेछन् ।

उदाहरणको लागि ग्राहकले आइतबारदेखि शनिबारको अवधिमा रु २५० को रिचार्ज गरेका छन् भने सो सप्ताह लगत्तैको सोमबार सम्ममा एसएमएसमार्फत दुइ वटा विशेष कोडहरु प्राप्त गर्नेछन् । रु ५०० रिचार्ज गरेका छन् भने पाँचवटा कोडहरु प्राप्त गर्नेछन् ।

योजना अवधिभर हरेक हप्ताका १० भाग्यशाली ग्राहकहरुको छनौट प्रत्यक्ष प्रशारणमा हुने ‘लक्की ड्र’ मार्फत गरिनेछ ।

चर्चित व्यक्तित्वहरुको उपस्थितिमा मंगलबारका दिन साँझ ७ः०० बजे एपिवान टेलिभिजनमा ‘लक्की ड्र’ प्रत्यक्ष प्रसारण हुनेछ ।

यसरी छानिएका भाग्यशाली ग्राहकहरुलाई हरेक बिहीबार एक कार्यक्रम माझ प्रति व्यक्ति एक लाखका दरले नगद पुरस्कार हस्तान्तरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!