गरिब दुःखी र कम्युनिष्टको नाममा ४० अरबका मालिक ओली र प्रचण्ड ! तिमीहरु झुट हौ – कुमार लिङ्देन

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले अब विश्वले नेपाललाई आर्थिक सहयोग नगर्ने दाबी गरेका छन् । नेपाललाई अझै पनि विदेशीहरुले सहयोग गरे आफूले राजनीति नै छोडिदिने लिङ्देनले घोषणा नै गरे ।गरिब दुःखी र कम्युनिष्टको नाममा ४० अरबका मालिक ओली र प्रचण्डहरुजस्ता सत्तामा बसेकाले चीन, भारत, युरोपियन युनियन र अमेरिकाले नेपाललाई सहयोग नगर्ने उनको जिकिर छ ।

‘विदेशबाट सहयोग आउन छोडिसकेको छ । किनभने विदेशीहरुले पनि बुझिसक्यो कि कम्युनिष्टको नाममा नेपालमा ओली-प्रचण्डहरुजस्ता १६ अरब, १७ अरब, ४० अरबका मालिक गरिब दुःखीको नाममा सत्तामा बसेका छन्, यिनीहरु भनेका फेक हुन् भन्ने विश्वले बुझिसकेको छ,’ आज (सोमबार) विराटनगरमा आयोजित सभामा लिङ्देनले भने, ‘म ओली-प्रचण्डहरुलाई चुनौती दिन चाहन्छु, जबसम्म यो देशमा लिम्बूलाई खुसी बनाउदैन, राईलाई खुसी बनाउदैन, तामाङ, मगर, गुरुङ, क्षेत्री, बाहुन, राजवंशी, गन्गाई जे जति जातिहरु छन् सबै जातिलाई खुसी नबनाएसम्म चाइनाबाट, भारतबाट, युरोपियन युनियनबाट, अमेरिकाबाट सहयोगको राशी बढ्दै गयो भने म राजनीति छोडिदिन्छु, के सोच्नुभएको तपाईहरुले ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा आफूसँग विश्वका धेरै मान्छेहरुको सम्पर्क रहेको दाबी गरे । पुष्पकमल दाहाल प्रचण्ड त बेलायत गएमा त्यही पक्राउ पर्ने उनले बताए ।‘ए ओली तिमीसँग भन्दा विश्वका धेरै मान्छेहरुसँग हाम्रो सम्पर्क छ, पत्याउछौ ?, प्रचण्ड तिमी त अहिले पनि बेलायत जान सक्दैनौ, तिमीलाई पक्रेर थुनिदिन्छ त्यहाँ,’ लिङ्देनले भने ।

उनले अहिले पनि जर्मन, फ्रान्स, इराक आदि देशमा विश्वयुद्ध मरेका राई, लिम्बू, मगर, गुरुङहरुको चिहान रहेको बताए ।‘विश्वलाई जतिखेर कम्युनिष्ट कांग्रेस भन्ने थाहै थिएन,’ उनले भने, ‘हामीलाई दुःख लाग्छ अहिले । हाम्रा पुर्खाहरुको चिहान जर्मनीमा छ । गोर्खाली राई, लिम्बू, मगर गुरुङको चिहान अहिले पनि सिंगापुरमा छ । पहिलो विश्वयुद्ध दोस्रो विश्वयुद्धमा मरेका राई लिम्बू मगर गुरुङका चिहाइन अहिले पनि इराकमा छ फ्रान्समा छ ।’

उनले विदेशीहरुले सहयोग नगर्ने भएपछि नै सरकारले उपायको रुपमा अनेकथरिका कर उठाउन थालेको बताए ।उनले संघीयताका लागि एउटा ढुगो पनि नहानेका शेरधन राई संघीय प्रदेशको मुख्यमन्त्री हुनु दुर्भाग्य भएको बताए ।उनले प्रदेश नं १ को नाम लिम्बुवान किरात खम्बुवान हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!