आजको राशिफल : भदौ १७ गते, आइतबार

वि.सं. २०७५ साल भदौ १७ गते। आइतबार। इश्वी सन् २०१८ सेप्टेम्बर २ तारिख। शकसंवत् १९४०। विरोधकृत संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ । भाद्र कृष्ण पक्ष। तिथि– सप्तमी, १७:११ बजेउप्रान्त अष्टमी। नक्षत्र– कृत्ताका, १८:३२ बजेउप्रान्त रोहिणी। योग– व्याघात, १५:२२ बजेउप्रान्त हर्षण। करण– भद्रा, ५:५२ बजेदेखि वव, १७:११ बजेपछि वालव, २८:२४ बजेउप्रान्त कौलव। आनन्दादिमा धूम्र योग। चन्द्र राशि– वृष। काठमाडौँमा सूर्योदय– ५:४३ बजे, सूर्यास्त– १८:२२ बजे र दिनमान ३१ घडी ३७ पला। रवि–सप्तमी व्रत। त्रिपुष्कर योग १७:११ बजेसम्म। अमुक्ताभरण सप्तमी। गौरा सप्तमी। अष्टमी व्रत। श्रीकृष्णजन्माष्टमी व्रत। मोहरात्रि।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : व्यापार व्यापार फस्टाएर जानेहुँनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईँको निर्णयको उच्च सम्मान गरिनेछ भने विशिष्ट व्यक्ति मार्फत सम्मान पाउने योग रहेको छ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै हराउँदै अगाडि बढ्न सकिनेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्नीबिच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइ सँगको रमाइलो बसाइमा स्वादिष्ट भोजनका साथ समय ब्यातित गर्न सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) : राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृढ हुनेछ । पढाई लेखाइमा अरूभन्दा एक कदम अगाडि बढी नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरूको मन आफूतिर लोभ्याउन सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : स्वदेशी सामानको उत्पादन तथा बिक्री घट्न सक्छ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छी गर्नेबानिले कामहरू बिग्रन सक्छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ ।

कर्कट(ही,हु,हे,हो,डा,डी,डु,डे,डो) : नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ । विभिन्न ठाउँबाट कामका प्रस्तावहरू आउनेछन् भने प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाइकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा लगानी गरी भने जस्तो नाफा कमाउन सकिनेछ । भनेको समयमा सामाजिक कामहरू बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : पैतृक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैतृक सम्पत्तिको प्रयोग गरी आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा उच्च पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । लक्ष्य प्राप्तिको लागि चालिने पाइलाहरू सकारात्मक दिशामा अगाडि बढ्नेछन् । पढाई लेखाई अरूभन्दा एक कदम अगाडि नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : आकस्मिक धन सम्पत्ति प्राप्त हुनेछ भने नसोचेको धन तथा सम्पत्ति हाल लाग्ने योग रहेको छ । समस्याहरूको सजिलै समाधान गरी उपलब्धिमुक कामहरू गर्न सकिनेछ । अध्ययन अनुसन्धानमा सोचेभन्दा राम्रो प्रगति हुन्न तथा नयाँ कुरा पत्ता लगाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने बैक तथा वित्तीय क्षेत्रमा गरिएको लगानी बाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । धार्मिक क्षेत्र तथा मन्दिरतिरको यात्राको तय गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरू साँघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) : अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । व्यापार व्यवसायबाट मनग्गे नाफा कमाउन सकिनेछ भने लामो दुरीको यात्राको तय गर्न सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । पढाई लेखाइमा अरूभन्दा अग्र पन्थीमा तपाईँको नाम आउनेछ । अदालतबाट आउने निर्णयहरू तपाइकै पक्षमा आउने हुनाले एक किसिमको उमङग शरीरमा आउनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : व्यापार व्यवसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ । सन्तानको प्रगति देखेर मन रमाउनेछ भने वंश वृद्धिको गतिलो सम्भावना रहेको छ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरू खुसी हुनेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ । आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ । नयाँ योजनाहरू बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानी गर्न सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सु,से,सो,दा) : समाजसेवामा दिन बित्नेछ भने अरूको काम गरी प्रसन्न हुने समय रहेको छ । माया प्रेममा नचाहँदा नचाहँदै मनमुटाब सिर्जना हुनेछ भने जीवन साथीसँग तिक्तता बढ्ने योग रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । अरूकै काममा समय खर्चिदा आफ्नो काम थाती रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरू सँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्त सँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ ।

ज्योतिषी गणेश काफ्ले ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!