जनमुक्ति सेनाले हतियार उठाउने चेतावनी दिएपछि अाेली र प्रचण्डकाे गयाे साताे !

बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समिति–२०६८ ले आफ्नो संगठनले उठाएका जायजमागहरु सरकार तथा सरोकारवाला सबै पक्षले तत्काल पूरा नगरे आफूहरु आफ्नो सिपको सदुपयोग शशक्त र शसस्त्र आन्दोलनबाट गर्न तयार रहेको चेतावनी दिएको छ । आइतबार संघर्ष समितिले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनीदिएको हो ।

स्वेच्छिक अवकाशलिएकापूर्व जनमुक्ति सेनासरह एकमुष्ट आर्थिक प्याकेज दिनुपर्ने अथवा सो आर्थिक प्याकेज बराबर दिर्घकालिनव्यवस्थापनहुनेगरि कुनैपनि क्षेत्रमालगानीको वातावरण बनाउनुपर्ने समितिको माग रहेको छ ।

बहिर्गमितजनमुक्ति सेनालाई लगाएको कथितअयोग्यविल्ला तुरुन्तै खारेजको साथै औपचारिक कार्यक्रमगरि सम्मान युक्त शब्दसहित राज्यद्धारा सम्मानपत्र र परिचयपत्रवितरण गरिनुपर्ने पनि समितिले माग तेर्साएको छ । आफूहरुको संगठनको नाममाडलरको खेतीगर्नेजोकोहीलाई कालोमोसो दलेर सामाजिकबहिष्कार गर्ने पनि समितिले चेतावनी दिएको छ ।

समितिले बृहतशान्ति सम्झौताको मर्मविपरित मानवअधिकारवादीहरुले आफूहरुको नाममा डलरको खेती गरेको भन्दै जनकारबाहीगर्ने चेतावनीपनिदिएको छ । केन्द्रीय संघर्ष समितिकाअध्यक्षअसिमलिम्वु ‘सुनिल’ले बहिर्गमितसेनाको नाममामानवअधिकारकर्मी र केहीअधिवक्ताहरुले डलरको खेतीगरिरहेको आरोप लगाएका छन् ।

उनले भने,‘केहीदिन अघिअन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काईएकाबहिर्गमितजनमुक्ति सेना नेपालकापूर्व अध्यक्ष लेनिन बिष्टलाई केहीमानवअधिकारवादीहरुले बोकिरहनुभएको छ,त्यस्तामानवअधिकारवादीलाई खोजीखोजी टाउकोमाहान्ने समय आएको छ, एकजनापूर्वमाओवादी लडाकुलाई उचाल्नेकामगरिरहनुभएको छ, हामी ४ हजार ८जनाको अधिकारको लागिनबोल्ने तर एकजनामानिसलाईनिरन्तर बोक्ने रुशान्ति सम्झौताको हितविपरित उचाल्ने कामहुँदैछ, यो रोकिनुपर्छ।’
उनले भने,‘यस्तागलतक्रियाकलापहरु नरोकिने हो भने नेकपाका नेताहरुलाई अन्तर्राष्ट्रिय जगतमासमेत बद्नामबनाउने कामहुने निश्चत छ ।’

त्यस्तै कार्यक्रममाबहिर्गमितजनमुक्ति सेना नेपालकावरिष्ठ उपाध्यक्ष रमेश बसेल ‘करन’ले प्रेस विज्ञप्ती वाचनगर्दै स्वेच्छिक अवकाशलिएकापूर्व जनमुक्ति सेनासरह एकमुष्ट आर्थिक प्याकेज दिनुपर्ने, लगानीको वातावरण सिर्जनागर्नुपर्ने, अयोग्यताको बिल्ला तुरुन्तै खारेज गर्नुपर्ने, सम्माजनक प्रमाणपत्र प्रदान गर्नुपर्ने, स्वास्थ्य, शिक्षा र रोजगारी जस्ता कुराहरुमाप्राथमिकतादिनुपर्ने, शान्तिपूर्ण आन्दोलनकाक्रममा राज्यद्धारा विभिन्नबहानामापक्राउ परेका सम्पूर्ण बहिर्गमितजनमुक्ति सेनाहरुको विना सर्त रिहाई गरिनुपर्ने लगायतकामागहरु पूरा नगरिए कडा आन्दोलनमाउत्रिने चेतावनीदिए ।

त्यस्तै कार्यक्रममाबहिर्गमितजनमुक्ति सेना नेपालकाअर्का उपाध्यक्षयोग्यबहादुर कार्कीले लेनिन बिष्ट २०६३ पछि संरक्षणको नाममाआएको सदस्यमात्रै भएको भन्दै उनले जनयुद्धमा बालबालिकाप्रयोग भएको भनेर उठाएको विषयगलतभएको दाबी गरे ।

उनले भने,‘जवरजस्त उनलाई बन्दुकबोकाएको होईन, उनीशान्तिप्रक्रियामाआईसकेपछिको समयमाउनीआएकाहुन, जनयुद्धमा कसैलाईपनि जबरजस्तीबन्दुकबोकाईएको थिएन, विमानस्थलबाट फकार्ईएको विषयलाई लिएर मानवअधिकारकर्मीहरुले लेनिन बिष्टलाई उचालिरहेका छन्, शान्तिप्रक्रियालाई पूर्णतादिनेतर्फ लाग्नुको साटो उल्टै भड्काउने काममाउहाँहरु लाग्नुभएको छ, बहिर्गमित सेनाको नाममा डलरको खेतीगर्नेहरुलाई हामीले खोजीखोजीबहिष्कार गरिसकेकाछौं ।’

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!