नेता पत्नी मन्त्री भएपछि यस्ता हर्कत: प्रहरीलाई टाउको दुखाइ, स्थानीय प्रशासनलाई हैरान

काठमाडौ । पछिल्लो समय एक नेता पत्नी मन्त्री भएपछि दुनियाँ नै चकित हुने हर्कत देखाई रहेकी छिन् । राजपाका नेता अनिल झाकी पत्नी डिम्पल झा पेसाले चिकित्सक डाक्टर हुन् । पति नेता र पूर्व मन्त्री भएपछि बुढेशकालमा एकाएक उनको पेसा वदलियो । उनी पतिको कृपाले चिकित्सक पेसा त्यागेर पहिलोपटक संविधान सभाको सभासद पदमा निर्वाचित भइन् । जनताद्धारा निर्वाचित प्रतिनिधिबाट लेखिएको संविधानको पहिलो चुनावमापनि उनी प्रदेश सांसद बन्न सफल भइन् । प्रदेश सांसद बनेपछि फेरी पतिकै कृपाले प्रदेश २ को सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री बन्न सफल भइन् । उनै डिम्पल झा बेलाबेला चर्चामा आउने गरेकी छिन् । उनको राम्रो काम भन्दापनि हर्कत चर्चामा छ ।

रौतहट जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने झा यसअघि मन्त्रीको सपथ लिए लगत्तै गाउँ चलचित्रको स्टाईलमा दलबलसहित ठूलो कारको लर्को लगाएर गएको खुबै चर्चामा थियो । अब त्यो किस्सा सेलाउन नपाउँदै उनले फेरी अर्को हर्कत देखाएकी छिन् । झाले आफ्नो राजनीतिक हैसियत विचरा सोझा जनतालाई देखाउन त्यसो गरेको हुनसक्ने आँकलन गरिएको छ ।

मन्त्री झाको जिल्ला बसाइँ र घुमाइ महँगो हुने गरेको छ । उनको सुरक्षालाई लिएर रौतहट प्रहरीलाई टाउको दुखाइ भएको छ । प्रदेश मन्त्री झाको दवाव र उट्पट्याङ गतिविधिले गर्दा कार्यकर्ता र स्थानीय प्रशासनलाई हैरान भएको गुनासो बढेको छ । मन्त्री पदको सपथ लिएपछि साउथ भारतीय फिल्ममा जस्तै ५० भन्दा धेरै गाडी लिएर गाउँ गएकी झाको त्यस बेला निकै आलोचना भएको थियो । त्यसपछि उनको व्यवहारमा सुधार हुने धेरैले अपेक्षा लिएका थिए । तर, प्रदेशमन्त्री झाले आफूलाई सुधार गर्नुभन्दा पनि उस्तै शैली अपनाउँदै गएकी छिन् ।

मन्त्री झाले फेरि बागमती नदीको कटान हेर्ने बहानामा दलवलसहित सोमबार भ्रमण गरेकी छिन् । आफ्ना पति अनिलकुमार झालाई साथमा लिएर प्रदेश २ की मन्त्री झा बागमती नदीको किनारमा पुगेकी हुन् । उनले नदी कटानको लागि बजेट निकासा गर्नुभन्दा पनि स्थानीय सरोकारवाला कार्यालयका प्रमुखहरूलाई दिर्नेशन दिएर कटान रोक्न भनेकी छिन् ।

नदी कटान हेर्न उनले गाउँका सबै सर्वसाधारणहरूलाई आफ्नो पछाडि आउन निर्देशन दिएको एक स्थानीयले बताए । अघिल्लो पटक संसदमा रहेकी झाले नदी कटानदेखि रौटहटको विकासमा सिन्को पनि नभाँचेको आरोप छ । उनका पति अनिलकुमार झाले पनि विकास गर्न नसेको आरोप रौतहटका स्थानीयको छ । तरपनि उनको यो रवाफ खुबै चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!